Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआज तिहारको बिशेष दिन, ११ बजेर ३७ मिनेटमा भाइटीकाको उत्तम साईत

आज तिहारको बिशेष दिन, ११ बजेर ३७ मिनेटमा भाइटीकाको उत्तम साईत


काठमाडौं । आज तिहारको मुख्य दिन, दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइने भाइटीका पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरिएको छ ।

तिहार सुरु भएसँगै जनजिब्रोमा एउटा गीत खुबै चर्चित छ, ‘निधारमा लर्काएर सप्तरंगी टीका‘।’ हो, यो गीतले जस्तै आम धारणा पनि तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने नै रहिआएको छ । यसैलाई मध्यनजर गरेर बजारमा पनि भाइटीकालाई लक्षित गरी थरिथरिका रंगहरु बिक्रीका लागि राखिएका हुन्छन् । तर, शास्त्रीय मान्यताको कुरा भने आम धारणा र चलनचल्तीभन्दा अलिक फरक रहेको छ । शास्त्रले भन्छ– तिहारमा सप्तरंगी होइन, पञ्चरंगी टीका लगाउनुपर्छ । भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको टीका लगाउनुपर्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतम समेत आम मान्यतामा सप्तरंगी टिका भनिएपनि शास्त्रले पञ्चरंगी टिका लगाउन निर्देशित गरेको बताउँनुहुन्छ ।

भाइटीका लगाउँदा यी दिशाको ख्याल गरौँ
भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुरा पनि ख्याल गर्नुपर्ने विषय हो । टीका थाप्न बस्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँ तिर पार्नुपर्छ । भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्किएर बस्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष गौतम बताउनुहुन्छ ।

हरेक शुभकर्ममा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय नियम अनुसार दिशाको ख्याल गर्नुपर्छ । अहिले चन्द्रमा वृश्चिक राशीमा छन् । वृश्चिक राशीमा रहँदा चन्द्रमा उत्तर दिशामा हुन्छन् । त्यसैले टीका थाप्ने व्यक्ति सके उत्तर, नसके पश्चिम दिशा फर्किएर बस्नुपर्ने पञ्चाङ्गकार तथा ज्योतिष पण्डितहरुको मत रहेको छ । तर घरको बनावट तथा संरचनाका हिसाबले धेरैले दिशा अनुसारको आशनको ख्याल खासै गरेको पाइदैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ