Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदोश्रो चरणको कोरोनाविरुद्धको खोप अभियान सुरु, प्रधानमन्त्रीले समेत लगाए खोप

दोश्रो चरणको कोरोनाविरुद्धको खोप अभियान सुरु, प्रधानमन्त्रीले समेत लगाए खोप


काठमाडौं । आजबाट नेपालमा दोश्रो चरणको खोप अभियान सुरु भएको छ । आजैदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दोश्रो चररण अन्तर्गत खोप लगाउन शुरू गरिएको छ । हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्ष माथिका नागरिकलाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाउन थालिएको छ ।

दोस्रो चरणको खोप अभियान देशभरका ६ हजार खोप केन्द्रबाट सञ्चालन गरिएको छ । भारत सरकारको अनुदानमा कोरोनाविरुद्धको खोप (कोभिसिल्ड) प्राप्त भएपछि गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा ४ लाख २९ हजारलाई खोप प्रदान गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । दोस्रो चरणको यो अभियान अन्तर्गत करिब १६ लाखले खोप लगाउने स्वास्थ्य मन्त्रालयको अनुमान गरेको छ ।

प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, स्वास्थ्यमन्त्री लगायतले लगाए खोप
दोश्रो चरणको खोप अभियान सुरु भएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीसँगै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर पत्नी राधिका शाक्यले पनि खोप लगाउनुभएको हो । खोप लगाई केहीबेर आराम गरेर बाहिर निस्किनुभएका प्रधानमन्त्री ओलीले कोरोना भाइरस पराजित गर्नका लागि खोप लगाउने अभियानमा सामेल हुन सबैले आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्रीसँगै शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि खोप लगाउनुभएको छ । आजै गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका छन् । संघीय संसदको प्रतिनिधि सभा बैठक अगाडि नै बुधबारदेखि नै सभामुख, राष्ट्रिय सभा अध्यक्षसहित सरकारका मन्त्री तथा सांसदहरुलाई खोप लगाइएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ