Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअदालतको आदेशले पदमुक्त भएका रवी प्रधानमन्त्रीलाई राजीनामा बुझाएर निजी निवास हानिए

अदालतको आदेशले पदमुक्त भएका रवी प्रधानमन्त्रीलाई राजीनामा बुझाएर निजी निवास हानिए


काठमाडौं । सर्वोच्च अदालतले नागरिकतासम्वन्धी मुद्दामा दोषि ठहर गरेसँगै पदमुक्त भएका उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएर निजी निवास गएका छन् । सर्वोच्चको फैसला आउँदा मन्त्रालयमै रहेका लामिछाने साँझ करिब साढे ६ बजे बाहिरिएका हुन ।

मन्त्रालयबाट निस्किँदा अगाडि प्रहरीको गाडी थियो भने मन्त्री लामिछाने आफ्नो निजी गाडीमा थिए । उनी मन्त्रालयबाट मन्त्री क्वार्टर नगई निजी निवासतर्फ लागेकाछन् । रविको सचिवालयले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको छ । रविसँगै मन्त्रालयबाट निस्किएका सचिवालय प्रमुख दिपक बोहराले राजीनामा पत्र बुझाएका हुन् । सञ्चारकर्मीले फैसला बारे केही प्रतिक्रिया लिन खोज्दा लामिछानेले आफू अनागरिक भएको भन्दै कुनै प्रतिक्रिया दिन इन्कार गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ