Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालबाट कोही अष्ट्रेलिया आउदै हुनुहुन्छ ? अनलाईनबाटै लिनुस खोपको प्रमाणपत्र

नेपालबाट कोही अष्ट्रेलिया आउदै हुनुहुन्छ ? अनलाईनबाटै लिनुस खोपको प्रमाणपत्र


काठमाडौं/चीन र भारतमा बनेका कोरोनाको खोप लगाएकाहरुलाई पनि अष्ट्रेलियाले आउन दिने भएपछि धेरै नेपालीलाई फाइदा पुग्ने भएको छ । खासगरी अष्ट्रेलियाका नागरिक र पिआरवालाका नजिकको परिवारको सदस्यलाई अष्ट्रेलियाले नोभेम्बर १ देखि आउन दिन सुरु गरेको छ । खोप लगाउनेको संख्या बढेसंगै केही समयभित्रै विद्ययार्थीलाई पनि आउन दिने तयारी छ । तर ती आउनेहरुले अष्ट्रेलियाले मान्यता दिएको खोपको पुर्ण मात्रा लगाउनुपर्नेछ । खोपको प्रमाणका लागि अन्तराष्ट्रिय रुपमै स्क्यान गर्न सकिने क्युआरकोड सहितको डिजिटल प्रमाणपत्र बोक्नुपर्नेछ । भ्याक्सिन पासपोर्ट समेत भनिने त्यस्ता प्रमाणपत्रहरु नेपाल पनि जारी गर्न थालेको छ । सुरुमा केही निश्चित अस्पतालमा उपस्थित भएर लिनुपर्ने त्यस्ता प्रमाणपत्रहरु अहिले अनलाईनबाटै दिन थालिएको छ ।

अनलाइनबाट फारम भर्नका लागि पासपोर्ट, नागरिकता र खोप लगाएको कार्डको विवरण र फोटो अपलोड गर्नुपर्छ ।

त्यस्ता प्रमाणपत्र लिनका लागि स्वास्थ्य मन्त्रालयको यो लिंकमा जानुहोस्

क्युआरकोडसहितको खोपको प्रमाणपत्र अनलाईनबाटै लिने चरण यस्ता छन् ।

१. स्वास्थ्य मन्त्रालयको लिंकमा गएपछि सबैभन्दा पहिले आफुले पेश गर्ने कागजात सक्कली भएको स्विकार्नुपर्ने छ । त्यसपछि जारी राख्नुहोस् भन्नेमा क्लिक गरेपछि फारम भर्ने प्रकृया सुरु हुन्छ ।

२. फारममा नाम, लिंग र ठेगाना भरेपछि नागरिकता, पासपोर्ट र खोप कार्डको फोटो र विवरण भर्नुपर्नेछ ।

३. फारम भरिसकेपछि तलपट्टी कवुलियतनामका लागि लिंकमा एउटा फारम छ । सो फारम डाउनलोड गरेर विवरण भरी, हस्ताक्षर गरेर त्यसको फोटो खिचेर त्यहि पेजमा अपलोड गर्नुपर्छ ।

४. लगाएको दुबै खोपको विवरण र कवुलियतनामाको फारम अपलोड गरेपछि सबैभन्दा तल रहेको पेश गर्नुहोस्मा थिचेपछि आवेदन पुरा हुनेछ ।

यो आवेदन पुरा भएको बढीमा १० दिनमा क्युआर कोड सहितको प्रमाणपत्र तयार हुन्छ । प्रमाणपत्र तयार भयो कि भएन भनेर जान्नका लागि यहाँ क्लिक गरी दर्ता नम्बर र जन्म मिति विवरण भर्नुहोस् । आवेदन स्वीकृत भएको अवस्थामा सोही लिंकबाट प्रमाणपत्र डाउनलोड गर्न सक्नुहुन्छ । यसपछि कुनै पनि किसिमको छाप वा भेरिफिकेशन आवश्यक नपर्ने मन्त्रालयले जनाएको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ