Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविश्वकप क्रिकेटको फाइनलमा भारत र अष्ट्रेलिया भिड्दै, यस्ता छन पुरस्कारहरु

विश्वकप क्रिकेटको फाइनलमा भारत र अष्ट्रेलिया भिड्दै, यस्ता छन पुरस्कारहरु


काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा आइतबार घरेलु टोली भारत र अष्ट्रेलिया भिड्दैछन्। भारतको अहमदावादमा हुँने फाइनल खेलमा विश्वभरका क्रिकेट प्रेमिहरुको चासो केन्द्रित भएको छ ।

यो पटक क्रिकेटको बादसाह अष्ट्रेलियाले भारतलाई पराजित गरेर उपाधीमाथी कब्जा जमाउछ वा दुुई पटक विश्वकप जितेको भारतले तेस्रो उपाधीको रेकर्ड बनाउछ? प्रतीक्षा भैरहेको छ । अष्ट्रेलिया र भारत बिच १५० ओडीआई भिडन्त भएको छ । यी खेल मध्ये ५७ भारतले जित्दा ८३ खेल अष्ट्रेलियाले जितेको छ । १३ वटा विश्वकप भिन्तमध्ये ८ वटामा अष्ट्रेलिया र ५ वटामा भारत विजयी भएको छ । यो उपाधि भिडन्तमा दुबै देश जित्ने आत्मविश्वाससहित मैदान उत्रिदैछन ।

विश्वकप क्रिकेटमा यस्तो छ पुरस्कार
फाइनल जित्ने टिमले विश्वकप ट्रफीका साथै मोटो रकम नगद पुरस्कार पाउने छ । विश्वकप जित्ने टिमले ४० लाख अमेरिकी डलर अर्थात् ५३ करोड ३० लाख नेपाली रुपैयाँ बराबर नगद पुरस्कार पाउछ । उपविजेता टिमले २० लाख डलर अर्थात २६ करोड ६५ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार पाउछ । सेमिफाइनलमा पराजित भएका न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाले ८-८ लाख डलर अर्थात् १० करोड ६६ लाख रुपैयाँ नगद पाउने छन् । समूह चरणबाटै घर फर्केका ६ टिमले १-१ लाख डलर १ करोड ३३ लाख नेपाली रुपैयाँ पाउने छन् । लिग चरणमा हरेक टिमले एक जितको ५३ लाख ३० हजार रुपैयाँ पाउने छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ