Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaक्यान्सरको उपचारका लागि अष्ट्रेलियामा छट्पटाउदै नेपाली युवा, तपाई हाम्रो सहयोगको खाँचो !

क्यान्सरको उपचारका लागि अष्ट्रेलियामा छट्पटाउदै नेपाली युवा, तपाई हाम्रो सहयोगको खाँचो !


ब्रिजबेन । जटिल प्रकारको ब्लड क्यान्सरबाट जीवन मरणको अवस्थामा रहनुभएका लक्ष्मण भट्टलाई बचाउन एनआरएनए क्वीन्सल्याण्डले गो फण्डमी अभियान सुरु गरेको छ । उपचारमा इन्सुरेन्स कभर नहुने भएसँगै आर्थिक अभावमा गुज्रिनुभएका क्यान्सर पीडित लक्ष्मणको जीवन रक्षाका लागि राहत संकलन अभियान थालिएको हो ।

लक्ष्मणकी श्रीमती एशोदाले गोफण्डमीमार्फत उपचारका लागि सहयोग गर्न सबैलाई अपिल गर्नुभएको छ । मल्टिपल माइलोमा नामक ब्लड क्यान्सरबाट पीडित लक्ष्मणले अहिलेसम्म ९ वटा किमो पुरा गर्नुभएको छ । ६ महिनाभित्र २४ साईकल किमो पुरा गरेर स्टीम सेल ट्रान्सप्लान्ट (शरिर भित्रका कोस निकालेर फेरि भित्र राख्ने उपचार ) बिधिबाट उपचार गर्नुपर्ने, यसका लागि निक्कै ठूलो खर्च लाग्ने भएपछि भट्ट परिवार तनाबमा रहेको छ । सन २०२० मा अध्ययन भीसामा अष्ट्रेलिया पुग्नुभएका लक्ष्मण अहिलेसम्म पनि अस्थायी भीसामा हुनुहुन्छ । साथमा ६ महिने सन्तान समेत भएकाले आफू बाच्च चाहान्छु भन्ने सहयोगका लागि हारगुहार गरिरहनुभएको छ ।

एनआरएनए क्वीन्सल्यण्डले थालेको गो फण्डमी अभियानमा तपाई हामी सबैले सकेको सहयोग गरेर लक्ष्मणको जीवन रक्षामा भुमिका खेलौँ । विभिन्न समस्यामा परेका नेपालीहरुलाई बचाउन, उद्धार गर्ने एकजुट भएर हातेमालो गरेको विगतलाई नेपाली समाजले फेरि पुरा गर्ने विश्वासमा भट्ट परिवार रहेको छ । उपचारमा करिब १ लाख अष्ट्रेलियन डलर लाग्ने भएकाले तपाई साथ सहयोग गर्न चाहानुहुन्छ भने यो लिंकमा गएर साथ दिन सक्नुहुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ