Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिषाबारे समिक्षाको जवाफ, तर, यस अघि भिषा नलागेको बारे मौन

भिषाबारे समिक्षाको जवाफ, तर, यस अघि भिषा नलागेको बारे मौन


सिड्नी/ गायिका समिक्षा अधिकारीले आफ्नो भिषा बारे सामाजिक संजालमा प्रतिक्रिया दिनु भएको छ । भर्खरै हालिएको नयाँ भिषा बारे अध्यागमन विभागले आर्थिक कागजपत्र मागेको समिक्षाले आफ्नो फेसबुक पोष्टमा दाबी गर्नुभएको छ । त्यस्तै, यस अघि गत मार्चमा आफुसंगै अष्ट्रेलिया गएकी दिदि नियम बमोजिम नै भिषा परिवर्तन गरेर यतै पढिरहेको समेत समिक्षाको भनाई छ । तर, समिक्षाले यस अघि फेब्रुअरी २०२३ मा पाएको Temporary Activities Visa Sub class 408 बारे भने कुनै प्रतिक्रिया दिनु भएको छैन । सो 408 भिषाको अवधी १ वर्ष र Multiple Entry सहितको थियो ।

त्यस्तै, १ महिनापछि अष्ट्रेलियाबाट फर्किएर पुनः भिषा आवेदन दिदा, भिषा नलागेको विषयमा समेत समिक्षाले कुनै जवाफ दिनुभएको छैन । हामीले निरन्तर प्रयास गर्दा समेत समिक्षाले अन्तरवार्ता दिन अस्विकार गर्नु भएको छ ।

समिक्षालाई यसपाली सिड्नीको दिदि बहिनी ईभेन्टले तीज कार्यक्रममा ल्याउन लागेको हो । सन् २०२३ जुलाई १८ बाट समिक्षा १८ वर्ष कटिसकेकाले उहाँ यसपाली अभिभावक बिनै अष्ट्रेलिया आउने तरखरमा हुनुहुन्छ । तर, २५ अगष्ट बाट अष्ट्रेलियामा तिजको कार्यक्रम भएपनि, २४ अगष्ट रातिसम्म पनि समिक्षाको नयाँ भिषा बारे कुनै निर्णय नआएको आयोजकले जनाएको छ ।
समिक्षाको भिषामा सघाउन अष्ट्रेलियाका रजिष्ट्रर्ड माईग्रेसन एजेण्टहरुले सहयोग गरिरहेका छन् ।
उनीहरुले यसअघि भिषा नलाग्नुको कारण खोजी गरि नयाँ भिषाका लागि कागजपत्र जुटाउन समिक्षालाई सघाउने नेपालट्युबलाई जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ