Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकानुनी डण्डा: मेलबर्नमा अवैध चुरोटको आयात गर्ने एक व्यक्ति जेल चलान

कानुनी डण्डा: मेलबर्नमा अवैध चुरोटको आयात गर्ने एक व्यक्ति जेल चलान


ब्रिजबेन । मध्यपूर्वबाट अष्ट्रेलियास्थित मेलबर्नमा अवैध चरोटको आयात गर्दैआएका एक ३० वर्षिया व्यत्तिलाई दुई वर्ष १० महिना जेल सजाय सुनाइएको छ । मेलबर्नमा २०२० अक्टोबर ५ मा अष्ट्रेलियन सिमा सुरक्षा बल एबिएफले कन्टेनर परीक्षणका क्रममा भेटिएको ठूलो परिमाणको अवैध चुरोटमाथीको मुद्धामा एक अदालतले यस्तो सजाय तोकिएको हो ।

भिक्टोरियाको काउन्टी अदालतमा २०२० डिसेम्बर ५ मा राजस्व भुक्तान नगरी सुर्ती आयात गरिएको बारे एबिएफले मुद्धा दायर गरेको थियो । एबीएफ खोजी वारेन्टमार्फत पक्राउ गरेका व्यक्तिसँग लिएको बयानका आधारमा प्रमुख कसुरदारसम्म पुगेको थियो । कन्टेनरबाट ल्याइएका अबैध चुरोट र तमाखुलाई भ्याकुम क्लिनर, पंखा लगायत समानका रुपमा उल्लेख गरेर ढुवानी गरिएका थिए ।

एबीएफ अधिकारीका अनुसार अबैध चुरोटका तीस लाख खिल्ली, ६ सय किलोग्राम तमाखु ४२ लाख बढी भन्सार छलीमार्फत भित्र्याइएका थिए । नक्कली इमेल ठेगानामार्फत अबैध तरिकाले कारोबार भएको एबीएफको अनुसन्धानबाट खुलेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ