Saturday, 4 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली राजदूताबास अस्ट्रेलियाले सुरु गर्यो ई–पासपोर्टको घुम्तिसेवा !

नेपाली राजदूताबास अस्ट्रेलियाले सुरु गर्यो ई–पासपोर्टको घुम्तिसेवा !


ब्रिजबेन । नेपाली राजदूताबास अस्ट्रेलियाले नोभेम्बर ७ तारिखबाट ई–पासपोर्टको घुम्तिसेवा शुरू गरेको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र क्यानवेरास्थित दूतावासको पहलमा सोमबार तास्मानियाको होबार्टबाट ई–पासपोर्टको घुम्तिसेवा शुरू गरिएको हो ।

तास्मानियामा सेवा शुरू गर्दै राजदूत पोखरेलले यो सेवा अब अन्य राज्यहरुमा पनि क्रमशः विस्तार गर्दै लगिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । स्थानीय नेपाली समुदायको सक्रिय सहयोगमा संचालित हुने यो कार्यक़्रमबाट तत्काल राहदानीको आवश्यक परेका व्यक्तिहरुलाई सहयोग पुग्ने विश्वास गरिएको छ ।

राजदूत पोखरेलले राहदानी लगायतका सुविधालाई सहज रुपमा उपलब्ध गराउन, नेपाली समूदायमार्फत हुने विभिन्न सांस्कृतिक कार्यक्रम मेला पर्वलाई व्यवस्थित गर्न, नेपाल र नेपाली समूदायको हित तथा आवश्यक परेको समयमा साथ सहयोग दिन आफू र दूतावास सधै साथमा रहने समेत बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ