Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना खोपलाई बौद्धिक सम्पतिको अनुमति दिने भारतीय प्रस्ताबमा संयुक्त राष्ट्रसंघको समर्थन

कोरोना खोपलाई बौद्धिक सम्पतिको अनुमति दिने भारतीय प्रस्ताबमा संयुक्त राष्ट्रसंघको समर्थन


एजेन्सी । संयुक्त राष्ट्रसंघ (युएन) का प्रमुख एन्टोनिया गुटर्सले कोभिड १९ बिरुद्ध खोप अनुमतिबारे भारतको प्रस्ताबलाई समर्थन गरेका छन् । भारत र दक्षिण अफ्रिकाले कोभिड १९ बिरुद्ध खोप अनुमतिबारे गरेको प्रस्ताबमाथि संयुक्त राष्ट्रसंघ प्रमुख गुटर्सले समर्थन जनाएका हुन् । तर, खोप सामग्री अनुमति लिँदा प्राविधिक रुपले टेक्नोलोजी रुपान्तरणमा साथ दिनुपर्ने गुटर्सले जोड दिए ।

बेलायतको कर्नवाल शहरमा आयोजित जी सेभेन सम्मेलनमा युएन् प्रमुख गुटर्सले खोपको बौद्धिक सम्पति अनुमतिको बिषयमा साथ दिने बताए । भारत र दक्षिण अफ्रिकाले कोभिड १९ बिरुद्ध खोपको उत्पादन र प्रयोगको अनुमतिका लागि विश्व व्यापार संगठन (डब्लुटीओ) मा प्रस्ताब राखेका छन् । भारत र दक्षिण अफ्रिकाले विकासोन्मुख राष्ट्रहरुमा खोपको छिटो र सहज पहुँच हुनुपर्ने माग गर्दै खोपको बौद्धिक सम्पति अनुमतिका लागि डब्लुटीओमा प्रस्ताब राखेका हुन् । बौद्धिक सम्पति अधिकारका समस्याहरु सम्बोधन गर्नेजस्ता बिषयमा विस्तृत कार्यक्रम अबलम्बन गर्नुपर्ने भन्दै भारत र दक्षिण अफ्रिकाको प्रस्तावलाई साथ दिने गुटर्सले बताए ।

खोपको बौद्धिक सम्पति अनुमति उपलब्ध गर्नका लागि सरकार तथा औषधी कम्पनीहरुबीच बलियो सहकार्य र सहमति आवश्यक रहेको गुटर्सले बताए । अमेरिकाले पनि विश्वमा कोरोना माहामारी बिरुद्ध लड्नका लागि खोप उपलब्ध गर्न खोपको बौद्धिक सम्पति प्रयोग अनुमतिको बिषयलाई समर्थन गर्दै आएको छ । स्रोतः द इकोनोमिक टाईम्स



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ