Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएमालेलाई २०७५ जेठ २ मा फर्काउने निर्णय, अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल बिच होला त मेलमिलाप ?

एमालेलाई २०७५ जेठ २ मा फर्काउने निर्णय, अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल बिच होला त मेलमिलाप ?


काठमाडौं । प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउन सहमति देखिनुभएको छ । बालुवाटारमा मंगलबार साँझ बसेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभएको हो ।

ओली पक्षको स्थायी कमिटि बैठकले आगामी बिहिबार अर्थात असार १८ गते एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाएको छ । आजको बैठकले नेपालको पछिल्लो राजनीतिक अवस्था गम्भीर र संकटपूर्ण देखिएको निष्कर्ष समेत निकालेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । यद्यपि, बुधबारका लागि बोलाइएको महाधिवेशन आयोजक कमिटी बैठक भने रोकिएको छैन । १८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिने बताइएको छ । जेठ २ मा नेकपा एमालेको केन्द्रीय कमिटी २ सय ४१ सदस्यीय रहेको थियो ।

माधव नेपाल पक्षको माग अनुसार हालको महाधिवेसन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने निर्णयले अब एमालेभित्रको किचलो मथ्थर होला वा यथावत रहदा धेरैले चासोका साथ हेरेका छन् । बिपक्षी गठबन्धनमा सहभागी बरिष्ठ नेता माधवकुमार नेपालप्रति अध्यक्ष ओली निकै आक्रामक देखिनुभएको छ । पछिल्लो समय ओली र नेपालबीच जारी रहेको वाकयुद्ध यत्तिकै मथ्थर हुने देखिदैन । पछिल्लो समय नेपाल पक्षले पार्टी एकताका लागि दुबै पद प्रधानमन्त्री र पाटीै अध्यक्षको पद छाड्नुपर्ने अडान राख्दैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ