Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, श्रीमान बोकेर यसरी दौडिए महिलाहरु

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, श्रीमान बोकेर यसरी दौडिए महिलाहरु


काठमाडौं,तनहुँ । सोमबार नेपालसहित विश्वभर विभिन्न कार्यक्रमसहित एक सय एघारौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । नेपालमा विभिन्न कार्यक्रमसहित दिवस मनाइदैगर्दा तनहुँका देवघाट गाउँपालिकाले भने भिन्न खाले कार्यक्रम गरेको छ ।

यहाँ श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो, गङ्गा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएको छ । प्रतियोगितामा १४ जोडी सहभागी भएका थिए । शारीरिक र मानसिक रूपमा महिला पनि पुरुषसरह हुन्छन् भन्ने सन्देश दिनका लागि यस्तो खालको प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभएको छ ।

प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र प्रदान गरेर प्रोत्साहन गरिएपनि यो दौड प्रतियोगिताले महिलाको क्षमता अभिबृद्धी उनीहरुलाई समान अधिकारका लागि नभई केबल मनोरञ्जन मात्रै दिएको कतिपयको बुझाई छ । श्रीमान बोकेर दौडिएका महिलाहरुको शाहस र हिम्मतले एउटा सन्देष प्रवाह गरिरहँदा वरिपरि बस्नेहरुले होहल्लासहित हुटिङ गरेर मनोरञ्जन लिएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ