Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालको वैदेशिक रोजगारी : श्रम स्वीकृति लिनेहरु बढ्दैगर्दा नयाँ कोरोना भाइरसको प्रकोप

नेपालको वैदेशिक रोजगारी : श्रम स्वीकृति लिनेहरु बढ्दैगर्दा नयाँ कोरोना भाइरसको प्रकोप


काठमाडौं । कोरोना महामारीकै अवधिमा झण्डै २६ हजार जनाले विदेश जान पुनः श्रम स्वीकृति लिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार पुस ८ गतेसम्ममा बिदामा स्वदेश आएर फर्कन खोज्ने २५ हजार ७५४ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

कोरोना महामारी सुरु भएपछि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा र गन्तव्य देशले पनि प्रतिबन्ध लगाउँदा बिदामा आएका धेरै श्रमिक फर्कन नपाएका कारण अहिले श्रम लिनेहरुको संख्या बढ्न थालेको पाइएको छ । सरकारले गएको भदौ १४ गतेदेखि श्रम स्वीकृति खोलेपछि ७ हजारभन्दा धेरैले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । संस्थागत र व्यक्तिगत गरी ७ हजार ३३५ जनाले नयाँ श्रम स्वीकृति लिएको मन्त्रालयको रेकर्डमा छ । यस्तै १४ सय २१ जनाले वैधानिकरण गरेका छन् । गन्तव्य देशमा कोरोना महामारी सुरु भएपछि गएको वर्ष फागुन अन्तिम हप्तादेखि श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दुवै रोकिएको थियो ।

बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिन थालेपछि त्यसको प्रभाव नेपाली श्रमिक पुग्ने युएई, खाडी लगायतका मुलुकमा परेसँगै नेपालको बैदेशिक रोजगारी प्रभावित हुन थालेको छ । खाडीका देश ओमान, कुवेत र साउदीले सबै अन्तर्राष्ट्रिय उडानहरु रोकेका छन् । गन्तव्य देशले अन्तर्राष्ट्रिय उडान रोक्दा कतिपय श्रमिकहरु जान पाएका छैनन् भने टिकट काटिसकेकाहरु पनि स्वदेश फर्कनबाट बञ्चित भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ