Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा पढिरहेका विद्यार्थीको कर बारे अनुसन्धान हुँदै

अष्ट्रेलियामा पढिरहेका विद्यार्थीको कर बारे अनुसन्धान हुँदै


अष्ट्रेलिया,ब्रिजवेन । अष्ट्रेलियाली कर कार्यालय (एटीओ) ले अष्ट्रेलियामा अध्ययनरत विद्यार्थी, विभिन्न भिसामा बसेका आप्रवासी र माइग्रेसन एजेन्टको कर बारे अनुसन्धान गर्ने भएको छ । भिसा धारकहरूले आफ्नो करको दायित्वहरूको पालना गरे नगरेको बारे डाटा जाँच गर्न लागिएको हो ।

गृह विभागले उपलब्ध गराएको रेकर्डका आधारमा एटीओले भिसा बाहकले करको दायित्व पुरा गरे नगरेको एकिन गरिने बारे अष्ट्रेलियास्थित एसबीएस डटकमले लेखेको समाचारमा उल्लेख छ । भिसा धारकहरू जस्तै अस्थायी कामदारहरू, अष्ट्रेलियामा काम गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरू र अष्ट्रेलियामा बसाई सर्न सहयोग गर्ने माइग्रेसन एजेन्टको करको डाटालाई अडिट मार्फत पुनः जाँच गरिने बताइएको छ । अष्ट्रेलियामा विद्यार्थी भिसामा रहेका विद्यार्थीले २० घण्टा मात्रै काम गर्न पाउने नियम रहेको छ । यद्यपी यहाँ रहेका विद्यार्थीहरुले राज्यको कर प्रक्रियालाई छलेर काम गर्दै आएका छन् ।

के–के गरिदैछ एटीओ डाटा जाँच मार्फत ?

–सन् २०२०–२१ र २०२२–२३ को लागि भिसा धारकहरूको डाटा संकलन
–यस वर्षको कोभिड–१९ जवकिपर भुक्तानी प्राप्त व्यक्तिहरू यसका हकदार थिए वा थिएनन भन्ने बारे लेखाजोखा
–नियमित अनुसन्धान मार्फत सार्वजनिक राजस्वको जालसाजी न्यूनीकरण

एटीओले गृह र गृह मामिलाबाट सक्रिय र नयाँ स्वीकृत भिसा बारे जानकारी लिएर करको दायित्व बहन गरे नगरेको एकिन गर्ने, करदाताको विवरण रुजु गर्ने गर्दछ । भिसा बाहक, प्रायोजकहरू, माइग्रेसन एजेन्टहरूले कर र राज्य तथा कानुनप्रतिको दायित्वहरू पूरा गरे नगरेको सुनिश्चित गर्न डाटा जाँचले प्रभावकारी भुमिका खेल्ने जनाइएको छ । गृह मामिला भिसा डेटा मिलाउने कार्यक्रमले अनुसन्धान गर्न र सार्वजनिक राजस्व बिरूद्धको ठगी कम गर्नका लागि नयाँ कदम चाल्न सहयोग पुग्ने विश्वास गरिएको एटीओले जनाएको छ । योबीचमा कतिपय भारतीय लगायतका अन्तर्राष्ट्रिय विद्यार्थीलाई कर ठगीको आरोपमा जेल सजाय समेत गरिएको अष्ट्रेलियास्थित एसबीएस डटकमले जनाएको छ ।

डाटा संकलनबाट प्रभावित व्यक्तिहरूको संख्या प्रत्येक वित्तीय वर्षमा लगभग १ करोड हुने अनुमान गरिएको छ । अष्ट्रेलियाका सबै कर भुक्तान भिसा धारकहरू र माइग्रेसन एजेन्टहरू अडिट लगायतका करको दायित्वबाट भाग्दै आएका कारण बेलामौकामा हुने जाँच र अनुसन्धानका क्रममा कारबाहीमा पर्ने गरेका छन् । अस्ट्रेलियामा एटीओले हरेक वर्ष ठगी रोक्नको लागि अडिट गर्र्दै आएको छ । यसबाट अस्थायी आप्रवासीहरू सबैभन्दा बढी प्रभावित हुने गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ