Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलवर्नमा महात्मा गान्धीको शालिक तोडफोड । प्रधानमन्त्री र भारतिय समुदायद्धारा दुख व्यक्त

मेलवर्नमा महात्मा गान्धीको शालिक तोडफोड । प्रधानमन्त्री र भारतिय समुदायद्धारा दुख व्यक्त


मेलवर्न/ स्थापना गरिएको केही घण्टामै महात्मा गान्धीको शालिकमाथी तोडफोड भएको छ । मेलवर्नको रोभिल क्षेत्रस्थित अष्ट्रेलियन इन्डियन कम्युनिटी सेन्टर प्रांगणमा स्थापना गरिएको गान्धीको शालिकलाई शुक्रबार मात्रै प्रधानमन्त्री स्कट मोरिसनले उद्घाटन गर्नुभएको थियो । स्थापनाको केही घण्टा अर्थात शुक्रबार राति नै शालिकको घाटीमा धारिलो हतियारले रेटिएको छ । नेपालट्युबसंग कुरा गर्दै अष्ट्रेलियन इन्डियन कम्युनिटी च्यारिटेबल ट्रष्टका अध्यक्ष भासन श्री निवासनले उद्घाटन भएको शुक्रबार राति नै गान्धीको शालिकमाथी तोडफोड गरिएको बताउनुभयो ।

शालिकको टाउको छिनाल्ने प्रयास भएपनि ढलौट धातुको शालिक भएकाले छिनाल्न नसकेको तर गहिरो गरि काटिएको अध्यक्ष निवासनले जानकारी दिनुभयो । यो घटनाले सिंगो अष्ट्रेलियन भारतिय समुदाय स्तब्ध भएको उहा“को भनाई थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले घटना स्थल वरिपरीका सिसिटिभी निगरानी गरहेको छ । तर, शुक्रबार राती पानी परेकाले शालिकमा भने कसैको औलाको छाप भेटिएको छैन ।

शुक्रबार शालिकको प्रधानमन्त्री मोरिसनले उद्घाटन गर्दै Photo- The Australian Today

अध्यक्ष निवासनका अनुसार यो शालिक भारतिय सरकारले उपहारको रुपमा दिएको हो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसंगै संघिय शिक्षामन्त्री एलन टुजे, बहुसांस्कृतिक मामिला सहायक मन्त्री ज्यासन उड, भिक्टोरियाका प्रतिपक्ष दलका नेता म्याथु गाई र भिक्टोरियाका भारतिय महावाणिज्यदुत राजकुमार पनि सहभागी हुनुहुन्थ्यो ।

घटनाको प्रधानमन्त्री स्कट मोरिसनले भत्सर्ना गर्नुभएको छ । अष्ट्रेलिया विश्वमै एक सफल बहुसांस्कृतिक समुदाय र आप्रवासीहरुको देश भएको तथा यस्तो सांस्कृतिक सम्पदामाथिको आक्रमण कुनै पनि हालतमा स्विकार्य नहुने बताउनुभयो । Phot0- SBS

घटनाबारे भारतिय समुदायको विज्ञप्ती


ट्याग : #Gandhi, #Indian Community Melbourne, #Mahatma Gandhi, #Melbourne, #news
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ