Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसाथी होस त यस्तो । बाडे २ अर्ब ५५ करोड रुपैया

साथी होस त यस्तो । बाडे २ अर्ब ५५ करोड रुपैया


अमेरिका,सबैको सपना हुन्छ एउटा मिल्ने साथी होस् । एउटा यस्तो साथी जोसंग सुख, दुख मात्रै होइन जीन्दगीको उतारचढावहरु पनि साट्न सकियोस् । अहिलेको स्वार्थी संसारमा यस्तो साथी धेरैको भाग्यमा कहाँ लेखेको हुन्छ र ? तर, कालो बादलमा पनि चादीको घेरा हुन्छ भने झै मानवता हराउदै गएको अहिलेको समयमा अमेरिकाका एक अधवैंसे पुरुषले सच्चा साथीको परिचय दिएका छन् । उनले मित्रतामा खाएको बाचा पुरा गर्न २ अर्ब ५५ करोड रुपैयाको आधा हिस्सा आफ्नो मिल्ने साथीलाई दिएका छन् ।
उनले यो रकम केवल एउटा बाचा पुरा गर्न दिएका हुन् । सन् १९९२ मा टम र उनका मित्र जोसेफ फेनीले हात मिलाएर चिठ्ठामा जसले ज्याकपड जिते पनि आधा आधा बाड्ने कसम खाएका थिए । नभन्दै २८ वर्षपछि यीनीहरु मध्ये एक टमले अमेरिकाको विष्टकनसिन राज्यमा पावरबल चिठ्ठाको २२ मिलियन अमेरिकी डलरको ज्याकपड जिते । यो रकम नेपाली रुपैया २ अर्ब ५५ करोड भन्दा बढी हुन आउछ ।
२२ मिलियन डलरको चिठ्ठा जितेपछि टमले आफ्नो मिल्ने साथीलाई फोन गरेर आधा हिस्सा दिने कुरा सुनाए । तर, जोसेफले विश्वास गरेनन् । ‘मलाई टमले फोन गरेको थियो तर, मैले पत्याइन’ जोसेफले भने -साथी मसंग ठट्टा नगर ? जोसेफले त यस्तो बाचा गरेको कुरा समेत भुली सकेका थिए ।

टम र जोसेफ एक टेलिभिजन अन्तरवार्तामा

यत्ति ठुलो रकम चिठ्ठामा जितेपछि कुकले कामबाट आवकास लिएका छन् भने उनका अर्का भाग्यमानी साथी जोसेफले भने यसअघि नै अवकास लिइसकेका छन् । चिठ्ठा जितेपछि यी दुबैसंग खासै ठुलो योजना केही छैन । तर, दुबैले पारिवारिक समय मज्जाले बिताउने बताएका छन् । उनीहरुले २२ मिलियनको झण्डै ८ मिलियन डलर कर तिनुपर्नेछ । उनीहरुले २२ मिलियनको चेक लिएर खिचेको तस्बिर अहिले सामाजिक संजालमा भाइरल भएको छ । भने कुकले निभाएको मित्रताको जताततै प्रशंसा हुन थालेको छ ।
अमेरिकाको पावरबल चिठ्ठामा ज्याकपड जित्नु अर्बौमा एक मौका हो भने टम जस्तो साथी पाउनु चाहि त्यो भन्दा पनि बढी भाग्यमानी हुनुपर्छ ।

Photo- Wisconsin Lottery



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ