Friday, 3 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तको अनशन !

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तको अनशन !


काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तले अनशन सुरू गरेका छन् । शुक्रबार दिउँसोदेखि माग पूरा नहुँदासम्म नतोड्ने अडानसहित रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षा अभियानका नाममा १२ परिवारले अनशन थालेका हुन ।

अभियन्ता कृतु भण्डारीको नेतृत्वमा अनशनरत १२ परिवारले रुसी सेनामा भएका सबै नेपालीको अवस्था सार्वजनिक, सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता, भर्ती भएका र युक्रेनको कब्जामा रहेकाहरूको सकुशल उद्धारको मुख्य माग राखेका छन् । युद्धमा परी घाइते भएका नेपालीहरूको उपचार, मृतक परिवारलाई क्षतिपूर्ति र शव नेपाल ल्याउने व्यवस्था गर्न समेत परिवारले सरकारको ध्यानाकर्षण गराएका छन् ।

रुसी सेनाबाट पाउने तलब, भत्ताका लागि सहजीकरण गरिदिन समेत रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षा अभियानले सरकारसँग आग्रह गरेकाे छ । रुसी सेनामा भर्ती भई युक्रेनसँग युद्ध गरेर ज्यान गुमाउने नेपालीको संख्या ३३ पुगेको छ । परिवारले बारम्बार सरकारसँग हारगुहार गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ