Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकलाकार एवम् सर्जक गौतमको नयाँ गीत “गाजल”, फ्यान र फलोअर्सको उल्लेख्य माया !

कलाकार एवम् सर्जक गौतमको नयाँ गीत “गाजल”, फ्यान र फलोअर्सको उल्लेख्य माया !


ब्रिजबेन । अष्ट्रेलियालाई कर्मथलो बनाएर नेपाली गीत संगीतलाई अंगाल्दै आउनुभएकी कलाकार एवम् सर्जक जेनिशा गौतमले नयाँ गीत “गाजल” बजारमा ल्याउनुभएको छ । २२ मार्च शनिबार होली पर्वको अवसर पारेर इन्द्रेणी फ्यङ्सन सेन्टेर रकडेलमा एन्टाले आयोजना गरेको कार्यक्रममा उक्त गीत र म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

समलिङ्गीबीचको प्रेम कहानीलाई प्रस्तुत गरिएको म्यूजिक भिडियो जेनिशा ईन्टरटेन्टमेन्ट नामक युटबु च्यानलजेनिशा ईन्टरटेन्टमेन्ट नामक युटबु च्यानलबाट सार्वजनिक गरिएको छ । दर्शकहरुको उल्लेख्य माया पाएको यो म्युजिक भिडियो ६ दिनमै १० लाख बढी हेरिएको छ । डिबी खनाल र स्वयम् गौतमको रचना, सुवास भुषालको संगीत रहेको गीतको म्यूजिक भिडियोमा प्रियना आचार्य र आभा थापाले अभिनय गर्नुभएको छ । गीतमा जेनिशा गौतम आफैले स्वर भर्नुभएको छ । म्यूजिक भिडियोको कोरियोग्राफरमा प्रमोद भण्डारीले उत्कृष्ट भुमिका निभाउनु भएको छ ।

टेकेन्द्र शाहले निर्देशन गर्नुभएको गीतमा समलिङ्गीबीच पनि माया प्रेम हुन सक्छ भन्ने सन्देश दिन खोजिएको छ । गायिका जेनिशा गौतमले होलीको जमघटमा फ्यान र फलोअर्सको अगाडि आफ्नो गीत रिलिज गर्न पाउदा निकै खुसी भएको जानकारी गराउनुभयो । गीत बारे सबै ठाउँबाट सकारात्मक प्रतिक्रिया आईरहेको गौतमले नेपाल ट्युबलाई जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ