Monday, 29 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsगभर्नरको फेक ह्वाट्सएप एकाउन्ट मार्फत संवाद, सचेत रहन राष्ट्र बैंकको सबैमा अपिल !

गभर्नरको फेक ह्वाट्सएप एकाउन्ट मार्फत संवाद, सचेत रहन राष्ट्र बैंकको सबैमा अपिल !


काठमाडौं । गभर्नरको नाममा फेक ह्वाट्सएप एकाउन्ट बनाएर कुराकानी गरिरहेको पाइएपछि नेपाल राष्ट्र बैंकले सबैलाई सचेत गराएको छ । गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गर्दै राष्ट्र बैंककै कर्मचारीसँग संवाद गरेको पाइएपछि साईबर ब्यूरोमा उजूरीसहित सचेत गराइएको हो ।

राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराज पोख्रेलले बताउनुभयो ‘कर्मचारीहरुसँग त्यसरी कुराकानी गरेपछि उहाँहरुलाई पनि आशंका भयो । त्यसपछि हामीले तुरुन्तै प्रहरीको साइबर ब्यूरोमा पनि उजुरी दिएका छौं । राष्ट्र बैंकमा कर्मचारीसँग सम्वाद भएको भएपनि कुनै सूचनाको दुरुपयोग भने हुन पाएन । ’ राष्ट्र बैंकमा कार्यरत कर्मचारीसँग नै गभर्नर बनेर सम्वाद भएको विषय गम्भीर भएकोले साइबर ब्यूरोमा जानकारी गराइएको बताइएको छ ।

कर्मचारीसँग सम्वाद गर्नेले गभर्नर बनेर अरुसँग समेत संवाद गरेको हुनसक्नेतर्फ सबैलाई सजग गराउँदै त्यस्तो शंकास्पद गतिबिधिमा नलाग्न नफस्न भनिएको छ । यो बिषयलाई गभर्नर अधिकारी आफैले समेत गम्भिर रुपमा लिनुभएको छ ।


ट्याग : #गभर्नर, #नेपाल राष्ट्र बैंक
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ