Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई,उत्सबमय बन्यो ग्राण्ड फिनाले !

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई,उत्सबमय बन्यो ग्राण्ड फिनाले !


काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जित्नुभएको छ । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा
दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जित्नुभएको हो ।

जितसँगै बिनोदले २० लाख नगदसहितका पुरस्कार प्राप्त गर्नुभएको छ । बिजेता राई कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्दै फाइनल पुग्नुभएको थियोे । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप हुनुभएको छ।

उपाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो । भ्वाइसको पाँचौ सिजनका अन्तिम १२ का प्रतिस्पर्धीसहित हिमालय लोकस्टारका जज, कोच र चर्चित गायकहरुको प्रस्तुतिले फिनालेको माहोल रोमाञ्चक बनेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ