Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेनमा खुल्यो नेपाली लगानीको नयाँ कलेज, अजब्रिज

ब्रिजवेनमा खुल्यो नेपाली लगानीको नयाँ कलेज, अजब्रिज

व्यवहारिक पढाईमा जोड दिने घोषणा


ब्रिजवेन/ कुइन्सल्याण्ड राज्यको ब्रिजवेन शहरमा नेपालीमूलका व्यक्तिहरुले मिलेर सामुहिक लगानीमा अजब्रिज ईन्स्टिच्युट अफ टेक्नोलोजी नामक कलेज खोलेका छन् । स्वदेशी तथा विदेशी विद्यार्थीलाई ‘भोकेसनल एजुकेशन एण्ड ट्रेनिङ’ भेट शिक्षा पढाउने गरि स्थापना भएको कलेको आज एक समारोहका बिच उद्घाटन भएको हो । हाललाई विजनेश, अकाउटिङ र म्यानेजमेन्टका डिप्लोमा र एडभान्स डिप्लोमाका विभिन्न ६ वटा कोर्षहरु पढाउने गरि कलेजको स्थापना भएको हो ।

फेब्रअरी १९ बाट विद्यार्थी पढाउन सुरु हुने कलेजले जनाएको छ । हाल कलेजले १ सय ८० जना विद्यार्थी पढाउने अनुमति पाएको छ । हाललाई अष्ट्रेलियामै भएको विद्यार्थी (अनसोर) केन्द्रित भर्ना कार्यक्रम चलाउने तयारी रहेपनि छिट्टै विदेशबाट (अफसोर) समेत विद्यार्थी भर्नामा जोड दिने कलेजका सिइयो तथा लगानीकर्ता मध्येका रितम्ब थापाले बताउनुभयो ।

विद्यार्थीलाई व्यवहारिक ज्ञान दिएर जब मार्केटमा जान कलेजले महत्वपुर्ण भूमिका खेल्ने समेत थापाले बताउनुभयो । नेपाली विद्यार्थीका लागि छिट्टै छात्रवृत्ति योजना ल्याउन समेत छलफल गरिने सिइयो थापाको भनाई छ । समाजका विभिन्न क्षेत्रमा पहिचान बनाइसकेका ८ व्यक्तिहरुले सामुहिक रुपमा खोलिएको कलेज भएकाले पढाईको गुणस्तर र विद्यार्थीको भविष्यसंग खेलवाड नगरिने कलेजले जनाएको छ ।


ट्याग : #Ausbridge, #college
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ