Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा जम्दै नेपाली युवा, यस्तो छ रेस्टुरेन्ट व्यवसायमा सफलताको कथा !

अष्ट्रेलियामा जम्दै नेपाली युवा, यस्तो छ रेस्टुरेन्ट व्यवसायमा सफलताको कथा !


ब्रिजबेन । उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका धेरै नेपालीहरु अहिले सफल ब्यवसायीका रुपमा समेत स्थापित भैरहेका छन् । यस्तै सफल व्यवसाय मध्येको एउटा क्षेत्र बनेको छ हस्पिटालिटी अर्थात रेस्टुरेन्ट ब्यवसाय, जहाँ युवाहरुले मनग्य आम्दानीका साथै नेपाली समुदायको भरपुर माया पाइरहेका छन् ।

नेपाली युवाहरुले पछिल्लो समय सिड्नीदेखी मेलवर्न, ब्रिजबेनदेखी एडिलेडसम्म रेस्टुरेन्ट व्यवसाय विस्तार गरेका छन् । सुझबुझपुर्ण तरिकाले हस्पिटालिटी क्षेत्रमा हात हालेका धेरै युवाहरु सफल व्यवसायीका रुपमा स्थापित समेत छन् । यी नै रेस्टुरेन्ट व्यवसाय क्षेत्रका सफल व्यवसायी मध्येका एक हुनुहुन्छ सुरेश खड्का । काठमाडौं नेवाःछेः ब्रिजबेनका सञ्चालक रहेका खड्काले १८ वर्ष पुरा गरेको रेस्टुरेन्ट २०१२ देखी आफ्नो नेतृत्वमा चलाइरहेका छन् । अनुभव नभएका लहडमा व्यवसायमा होमिनेहरु केही भने असफल भएको जानकारि गराउने खड्का बुझेरमात्रै रेस्टुरेन्ट व्यवसायमा होमिन सुझाब दिनुहुन्छ ।

यता, भट्टी लाउन्ज ब्रिजबेनका सञ्चालक गणेश श्रेष्ठ समेत अष्ट्रेलियाका स्थापित व्यवसायीका रुपमा दरिदै हुनुहुन्छ । कोरोना महामारिका कारण सबै व्यवसाय बन्द हुँदा जागिर गुमाएका गणेश केही समय फार्ममा समेत काम गरेको अनुभव सुनाउनुहुन्छ । फार्मको कमाईले खान र कोठाभाडा तिर्न धौँधौँ भएपछि मम बनाउन जानेको सिपलाई व्यवसायमा उतार्नुपर्छ भन्ने सोच आएको उहाँ सुुनाउनुहुन्छ । २०, २५ जना साथीको ग्रुप बनाएर घरमै प्रोजन ममा बनाएर ५ डलरमा फ्रि डेलिभरीको सेवा दिएर व्यवसाय थालेका श्रेष्ठ अहिले सफल व्यवसायीका रुपमा स्थापित बन्नुभएको छ ।

कुक र सेफ पढेका युवाहरुले हात हालेको रेस्टुरेन्ट व्यवसाय होस वा सुन चादीका गरगहना बनाउनेहरुको सिपबाट सुरु भएको व्यवसाय । यी युवाहरुको सफलताले सिप भयो भने बाँच्न र कमाउन सकिन्छ भन्ने देखाएको छ । तपाई पनि आफ्नो क्षमता अनि सिपलाई चिनेर अघि बढ्नुहोस् सफलता अवश्य मिल्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ