Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia१५ वर्षदेखी अष्ट्रेलियामा नेपालीको ट्राभल, पर्यटक भित्राउनेदेखी नेपालीलाई सहज टिकटसम्म !

१५ वर्षदेखी अष्ट्रेलियामा नेपालीको ट्राभल, पर्यटक भित्राउनेदेखी नेपालीलाई सहज टिकटसम्म !


मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा प्रधान कार्यालय राखेर नेपाल अनि न्यूजल्यिण्डबाट समेत ट्राभल एजेन्सी सेवा दिदैआएको बुद्ध ट्राभल्स एण्ड टुर्सले नेपालको पर्यटन प्रवर्धनमा विशेष भुमिका खेल्ने भएको छ । कम्पनीले आफ्नो १५ औँ वार्षिक उत्सव मनाउँदैगर्दा प्रवन्ध निर्देशक भीम न्यौपानेले टिकट बिक्रिवितरण बाहेक नेपालको टुर प्याकेजमार्फत पर्यटन प्रवर्धनमा योगदान दिने बताउनुभएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक न्यौपानेले स्थापनाका १५ वर्ष पुरा गर्दैगर्दा बुद्ध ट्राभल्स एण्ड टुर्सले अष्ट्रेलिया–नेपाल उडानको टिकेटिङका साथै नेपालमा पर्यटक प्रवर्धन गराउन, नेपालका पर्यटकिय क्षेत्रहरुको प्रसार–प्रसारमा विशेष भुमिका खेलेको नेपाल ट्यु्बलाई जानकारि दिनुभयो । ट्राभलले वार्षिक ९ देखी १२ हजार यात्रुको उडानमा साथ दिएको, यो उडानका क्रममा वार्षिक एक हजार हाराहारि पर्यटक नेपाल भ्रमणमा पठाउन सफल भएको उहाँले बताउनुभयो । सरकार र पर्यटन व्यवसायीले नेपालका पर्यटकिय क्षेत्र, प्रकृतिक गन्तब्यहरुको समय सापेक्ष प्रचार प्रसार गर्न नसकिरहेको समयमा अष्ट्रेलियन र अष्ट्रेलियाहुँदै अन्य देशको भ्रमण गर्न चाहाने पर्यटकलाई नेपाल भित्राउन भुमिका खेल्दैआएको न्यौपाने बताउनुहुन्छ ।

आफ्नो स्थापनाको १४ औँ वर्ष पुरा गरेर १५ औँ वर्षमा प्रवेश गरेको बुद्ध ट्राभल्स एण्ड टुर्सले शैक्षिक, स्वास्थ्य अनि समाजसेवाका लागि नेपाल आउने पर्यटकहरुलाई लक्षित गरेर विभिन्न प्याकेज सेवा सञ्चालन गर्दैआएको छ । नेपालका पर्यटकिय गन्तब्यहरुको प्रचारप्रसारका साथै टुर प्याकेज मार्फत पर्यटक भित्राउन भुमिका खेलेको ट्राभललले अष्ट्रेलियास्थित नेपाली समूदायबाट सञ्चालित क्लब, विभिन्न सांस्कृतिक, सामाजिक काममा साथ सहयोग गर्दै आइरहेको छ । नेपाल र दक्षिण एसियाली गन्तव्यलाई आधार बनाएर ट्राभल सेवा दिदै आएको कम्पनीले नेपालमा विदेशी पर्यटक भित्राउन उडान टिकटको सहजिकरणका साथै, छुट्टीका घुमघाम प्याकेज, साहसियक यात्राका प्याकेज, होटल बुकिङ, कार भाडा, क्रूज प्याकेज उपलब्ध गराउँदैआएको छ ।

बुद्ध ट्राभल्स सन २०११ मा मलेशियन एयरलाइन्सबाट र यसपछि सन् २०१९ सम्म सिंगापुर र थाई एयरलाइन्सबाट उत्कृष्ठ एजेन्स सेवा प्रदायक कम्पनीका रुपमा पुरस्कृत समेत भएको थियो । नेपालमा रहँदा पर्यटन प्रबर्धन र ट्राभल क्षेत्रमा काम गर्नुभएका न्यौपानेले २००८ मा मेलबर्नमा प्रधान कार्यालय राखेर बुद्ध ट्राभल एण्ड टुर्स सञ्चालनमा ल्याउनुभएको थियो । न्यौपाने विगतमा नेपाली चलचित्रको निर्माण र अभिनयमा समेत भुमिका खेल्नुभएको व्यक्ति हुनुहुन्छ । अष्ट्रेलियाका विभिन्न स्थान अनि नेपाल र न्युजिल्याण्डमा कार्यालय राखेर ट्राभल सेवा दिदैआएको कम्पनीले २२ जनालाई रोजगारी दिदैआएको छ । कम्पनीले अष्ट्रेलियामा धैरै टुर प्याकेज बेच्ने र अनि पर्यटकलाई भ्रमण गराउन सफल हेल्लो वल्र्ड र फ्याइट सेन्टरसँगको सहकार्यमा नेपालमा पर्यटक भित्राउन भुमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।

अहिले अष्ट्रेलियाबाट वार्षिक ३० हजार हाराहारी पर्यटक नेपाल भ्रमणमा आउने गरेका छन् । यी मध्येपनि आधा अर्थात करिब १५ हजार नेपाली मुलका अष्ट्रेलियन नागरिक रहेका छन् । अष्ट्रेलिया हुँदै नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकहरुको संख्या वार्षिक १५ हजार रहेको छ । लाखौँको संख्यामा नेपालीहरुको जनघनत्व पुग्दैगरेको अष्ट्रेलियामा टिकटकै नाममा ठगिने र झञ्झट व्यहोर्नुपर्ने नेपालीहरुका लागि बुद्ध ट्राभल्स एण्ड टुर्स निक्कै नै सहयोगी बन्नेगरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ