NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

सफा हिमाल अभियानका सरदारसहित तीन जनाको निधन !

nepaltube

काठमाडौं । सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको निधन भएको छ । विगत तीन वर्षदेखी सफा हिमाल अभियानको नेतृत्वदायी भूमिकामा रहनुभएका शेर्पाको सगरमाथाको बेस क्याम्प–२ मा क्याम्प म्यानेजरको भूमिकामा रहँदै गर्दा अचेत भएर मृत्युभएको हो ।

सफाइ अभियानमा प्रयोग गरिएका सामानहरू फिर्ता गर्ने तयारी गर्दै गर्दा अचेत अवस्थामा पुगेका ओखलढुङ्गा निवासी शेर्पाको सोमवार निधन भएको नेपाली सेनाले जनाएको छ । उनीसँगै अन्य दुई शेर्पाको समेत निधन भएको बताइएको छ । मृतकको पार्थिव शरीरलाई जेठ ८ गते नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौं ल्याइ पोष्टमार्टम गरी परिवारजनलाई बुझाइएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार