Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालबाट दुबई उडेको जहाज दुर्घटनाबाट जोगियो, भयरहित रहन मन्त्री किरातीको आग्रह !

नेपालबाट दुबई उडेको जहाज दुर्घटनाबाट जोगियो, भयरहित रहन मन्त्री किरातीको आग्रह !


काठमाडौं । त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको फ्लाइ दुबईको कलसाइन एफजेड ५७६ जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेपनि पाइलटको सावधानीका कारण दुर्घटनाबाट जोगिएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले पाइलटले अर्को इन्जिन ठीक रहेकाले जहाजलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको जानकारि दिनुभएको हो ।

राति ९ बजेर २१ मिनेटमा उडेको फ्लाइ दुबईको विमानमा समस्या देखिपछि केहीबेर जहाजले आकासमा फन्को लगाएको थियो । सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा सुरक्षाका आवश्यक सबै तयारी अपनाइए भएपनि जहाज नफर्किकन सुरक्षित रहेको जनाउसहित दुबईतर्फनै उठेको बताइएको छ । प्राविधिक समस्या देखिएको जहाजमा १६९ जना यात्रु रहेका छन् । जसमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गइरहेको जानकारि गराउदै भन्नुभएको छ, ‘अब चिन्ता लिनपर्ने अवस्था नरहेको बताएका छन् । ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ । कोही चिन्ता नगर्नुहोला । सबैलाई शुभयात्रा ।’

देब्रे इन्जिनमा आगो लागेको विमानको अवस्था केही बेरमा सामान्य हुँदै गएपछि गन्तव्यतर्फ गएको छ । जहाजले नेपालगञ्जको आकाशबाट केहीबेरअघि गन्तव्यतर्फ उडान गरिरहेको बताइएको छ । एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर यात्रु र आफन्तहरु भयभित बनेका थिए ।

उड्नासाथ जहाजको एउटा इन्जिनमा समस्या आए पनि पाइलटले त्रिभुवन विमानस्थलमा आकश्मिक अवतरण गराएनन् । जहाजको इन्धन घटाउनुपर्ने भएकाले जहाज दिल्ली पुर्याएर ल्याण्ड गर्ने तयारी गरिएपनि पाइलटले गन्तब्यतर्फकै उडान भर्नुभएको छ । विज्ञहरूका अनुसार कुनै पनि जहाज उडेर उचाईमा पुगिसकेपछि अवतरणपूर्व जहाजमा रहेको वजन र स्पिड नियन्त्रित हुनुपर्छ । वजन कम गर्न जहाजमा रहेको इन्धन घटाउनुपर्ने हुन्छ । यद्यपी विमान एउटा इन्जिन ठिक भएकाले गन्तब्यतर्फ नै उडान गरिएको बताइएको छ ।

चरा ठोकिएर केही समय समस्या पैदा भएपनि उडान सामान्य छ : फ्लाई दुबई
फ्लाई दुबईका सूचना अधिकारीले दुबई मिडिया अफिसलाई उडानका क्रममा चरा ठोक्किएको र केही समयको आपतकालिनस्थिति सामान्य बनेपछि नियमित उडान भरिएको जानकारि दिनुभएको छ । दुबईको स्थानीय समय अनुसार १२ बजेर १४ मिनेटमा बिमान अवतरण हुने बताइएको छ ।


ट्याग : #fly dubai, #kathmandu
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ