NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

सिड्नीमा ८ महिनादेखि जीवन र मरणमा लडाईमा नेपाली विद्यार्थी, सहयोग गरौ !

nepaltube

ब्रिजबेन ।  अध्ययनको क्रममा अष्ट्रेलिया आएर बिरामी भएका एक विद्यार्थीको उपचार र बसोबासमा सहयोग गर्ने उदेश्यले गोफण्ड मी अभियान सुरु गरिएको छ । सिड्नीस्थित एनआरएनए राज्य संयोजक देव गुरुङ र सिंगो एनआरएनएको पहलमा बिरामी परेर उपचाररत २२ वर्षिय रुपेश दोङलाई आर्थिक सहयोग गर्न अभियान सुरु गरिएको हो ।

फोक्सोमा टीभी भएर ५० प्रतिशत काम गर्न  छाडेपछि अष्ट्रेलियाको सिड्नीस्थित एसटी जर्ज अस्पतालमा उपचार गरिएको थियो । ६ महिना अस्पताल बसाइँका क्रममा अप्रेसन गरेर यतिबेला रुपेश डिस्चार्ज भएर डेरामा फर्किनु भएको छ । नियमित रुपमा जीपी र स्वास्थ्यकर्मीलाई देखाउनु पर्ने,अझै ३,४ महिना काम गर्न नमिल्ने र स्वदेश समेत फर्किन नपाईने रुपेशकी आमाले बताउनुभयो । छोरालाई बचाउन चाहेको भन्दै आमाले उपचार खर्च, भाडा, बसोबास लगायतमा सहयोग गर्न हारगुहार गर्नुभएको छ ।

एनआरएनएको पहलमा सुरु आर्थिक सहयोग अभियानबाट १५ हजार डलर संकलन गरिने बताइएको छ । तपाईं पनि सहयोग गर्न चाहानुहुन्छ यो लिंकयो लिंकमा जानुहोस् ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार