Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaवर्ल्डकप भविष्यवाणी मिलाउने यी हुन् दुइ भाग्यशाली विजेता, पाउने भए १०० डलर !

वर्ल्डकप भविष्यवाणी मिलाउने यी हुन् दुइ भाग्यशाली विजेता, पाउने भए १०० डलर !


ब्रिजबेन । विश्वकप फुटबलको बिजेता टिम बारे खेल सुरु हुनुअघि नै भविश्यवाणी मिलाउने दुई जना भाग्यशाली बिजेतालाई नेपाल ट्युबले २ सय डलर पुरस्कार दिने भएको छ । विश्वपकको फाइनमा अर्जेन्टिना र फ्रान्स भिड्नुपूर्व नेपाल ट्युबले गरेको भविश्यवाणी गर्र्नुहोस एक सय डलर जित्नेहोस पुरस्कार घोषणामा सहभागि भएर विजेताको पूर्व आँकलन गर्ने मध्येबाट दुई भाग्यशाली छान्दै पुरस्कार घोषणा गरिएको हो ।

भविश्यवाणीको आह्वान गर्ने क्रममा एक जना विजेतालाई पुरस्कार दिने भनिएको भएपनि ४७ हजारले फेसबुकमा र २७ हजारले टिकटकमा भविश्यवाणि गरेर उत्साहजनक सहभागिता जनाएपछि दुई जनालाई विजेता घोषणा गरिएको नेपाल ट्युबका अष्ट्रेलिया सम्पादक सरल गुरुङले जानकारि दिनुभयो । फेसबुकतर्फको विजेतको पूर्व आँकलन मिलाउने मध्येबाट राधिका थापा र टिकटकतर्फ भविश्यवाणी मिलाउने मध्येबाट सन्दिप सुनार भाग्यशाली बन्नुभएको छ ।

अब भाग्यशाली विजेताले आफ्नो पुरस्कार पाउनका लागि ५ दिनभित्र आफ्नो पुरा नाम, मोबाईल नम्बर, बैंक खाता, खाता रहेको शाखाको विवरण पठाउनुपर्नेछ । info@nepaltube.com.au मा उपलब्ध विवरणका आधारमा भाग्यशाली दुई विजेताको बैंक खातामा एक एक सय डलर जम्मा गरिनेछ ।


ट्याग : #World Cup prediction Winner 2022 #worldcup2022 #qatar2022 #argentina #france #winner #prediction #nepaltube
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ