Tuesday, 14 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा फेरी बढ्यो ब्याजदर, बचत गर्नेलाई फाइदा, घर किन्नेलाई रोइलो

अष्ट्रेलियामा फेरी बढ्यो ब्याजदर, बचत गर्नेलाई फाइदा, घर किन्नेलाई रोइलो


ब्रिजवेन/अष्ट्रेलियाको केन्द्रिय बैंकले फेरी ब्याजदर बढाएको छ । आज शुन्य दशमलब २५ प्रतिशत दर बढाउदा केन्द्रिय बैंकको व्याजदर ३ दशमलब १ प्रतिशत पुगेको हो । यो व्याजदर सन् २०१२ पछिको सबैभन्दा बढी हो । रिजर्भ बैंक अफ अष्ट्रेलियाले पछिल्लो मे देखि ८ पटक व्याजदर बढाइसकेको छ । यसअघि मेमा केन्द्रिय बैंकको ब्याजदर शुन्य दशमलब १ प्रतिशत मात्र थियो ।

व्याजदर बढ्दा के हुन्छ ?

केन्द्रिय बैंकको ब्याजदरलाइ क्यास रेट पनि भनिन्छ । क्यास रेट भनेको कमरसियल बैंकहरुले रिजर्भ बैंकसंग ऋण लिदा तिर्ने ब्याजदर पनि हो ।  रिजर्भ बैंकबाट ऋण लिदा आजको दिनमा कमरसियल बैंकहरुले ३ दशमलब १ प्रतिशत ब्याज तिर्नुपर्छ । रिजर्भ बैंकलाई नै बढी व्याज तिर्नुपर्ने भएपछि अष्ट्रेलियाका कमरसियल बैंकहरुले आफ्ना ग्राहकलाई ऋण दिदा समेत साधारणतय ब्याजदर बढाउने गर्छन् । रिजर्भ बैंकले व्याजदर बढाए पिच्छे कमरसियल बैंकहरुले समेत आफ्ना ग्राहकलाई ब्याजदर बढाएउदै आएका छन् ।

व्याजदर बढ्दा बैंकहरुबाट ऋण लिदा उपभोक्ताले बढी ब्याज तिर्नुपर्ने हुन्छ । त्यस्तै उत्ति नै रकमको होम लोन लिदा पनि आर्थिक क्षमता बढी देखाउनुपर्छ । यसको मतलब घर जग्गा वा गाडी किन्दा ग्राहकलाई महंगो पर्न जान्छ । उदाहरणका लागि कोही व्यक्तिले घर किन्न ३० वर्षे समय राखेर ७ लाख डलरको मोर्गेज लिएको छ । व्याजदर ५ प्रतिशत रहेछ । अब रिजर्भ बैंकले शुन्य दशमलब २५ प्रतिशत व्याजदर बढाउदा ती व्यक्तिले आफुले तिरिहेको मासिक मोर्गेजमा थप १ सय ८ डलर बढी तिर्नुपर्छ ।
यसरी बढी रकम तिर्नुपर्दा सिमित आम्दानीको भरमा घर किन्नेहरुलाई मार पर्ने देखिन्छ ।

तर, अर्कोतर्फ बैंकमा बचत गर्नेहरुलाई भने व्याजदर बढेसंगै फाइदा हुन्छ । अष्ट्रेलियाका बैंकहरुले मुद्धती खातामा बचत गर्नेहरुलाई दिने व्याजदर समेत बढाएका छन् । कमनवेल्थ बैंकले व्याजदर बढेसंगै मुद्धती खाताको व्याजदर बढाएर ३ दशमलब ७५ प्रतिशत पुर्याएको छ । यसले बचत गर्नेहरुलाई फाइदा हुने देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ