Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा ठगी पनि कस्तो ? एउटै कोठा देखाएर १४ विद्यार्थीको पैसा झ्वाम

अष्ट्रेलियामा ठगी पनि कस्तो ? एउटै कोठा देखाएर १४ विद्यार्थीको पैसा झ्वाम


ब्रिजवेन/भर्खरै अष्ट्रेलिया आएका विद्यार्थीलाई कोठा भाडामा दिने भन्दै पैसा ठगी गरेको भेटिएको छ । फेसबुक ग्रुपमा कोठा खाली छ भन्दै विज्ञापन राख्ने, बोण्ड र भाडा बापतको पैसा पनि लिने तर कोठा चाहि नदिई ठगी गरेको भेटिएको हो । यो खबर सिड्नीको हो ।
नेपालट्युबको सम्पर्कमा आएका १४ विद्यार्थीले आफुहरुलाई एउटै व्यक्तिले उहि कोठा देखाएर ठगी गरेको गुनासो गरेका छन् ।

कोठाका लागि ती विद्यार्थीहरुले ६ सय ४० डलरदेखि ३ हजार ९ सय २० डलरसम्म पैसा दिएका छन् । १४ जनौ विद्यार्थीहरु भर्खरै सिड्नी आएर कोठा खोजिरहेका व्यक्तिहरु हुन् । १४ जनाको १९ हजार डलर ठगी भएको छ । उनीहरुले दुइ जनामध्ये बाकीले बैंकमार्फत पैसा ट्रान्सफर गरेको देखिन्छ । बैना तिरेको कोठा नपाएपछि उनीहरु कहाँ बस्ने भन्ने समस्यामा छन् । नेपालबाट ल्याएको पैसा कोठामा फसेपछि उनीहरु तनावमा रहेको नेपालट्युबलाई बताएका छन् ।

कोठा भाडामा दिने भन्दै पैसा उठाउने ती नेपाली युवक समेत नेपालट्युबको सम्पर्कमा आएका छन् । पीडितसंगको भिडियो कन्फ्रेन्समा उनले आफु क्रिप्टो करेन्सीको कारोबारमा फसेकाले पैसाको आवश्यकता भएर यस्तो गर्नुपरेको स्विकारेका छन् । नेपालट्युबका प्रतिनिधी समेत उपस्थित भिडियो च्याटमा उनले गल्ती स्विकारी सबैसंग माफी मागेका छन् । उनले भर्खरै काम पाएकाले हरेक १५ दिनमा एक जनाको पैसा फिर्ता गर्ने सहमति समेत जनाएका छन् । सहमति अनुसार पिडितसंग भेटेर ती युवाले पैसा उक्त व्यहोराको सहमति पत्रमा हस्ताक्षर समेत गरेका छन् । नेपालट्युबलाई प्राप्त उक्त सहमतिमा १४ जना पीडितहरुले आफुले तिरेको पैसासहित हस्ताक्षर समेत गरेका छन् ।

पीडितसंग भएको सहमति यस्तो छ ।

 

ठगिनेहरु अरु पनि हुनसक्ने र अझै सम्पर्कमा नआएको हुन सक्ने पीडितहरुले बताएका छन् ।
क्रिप्टोको कारोवारमा फसेका ती युवाले अब आफु सुध्रिएर काम र पढाइमा ध्यान दिने र आइन्दा यस्तो ठगी नगर्ने प्रतिबद्धता समेत गरेका छन् । कोठा भाडामा लिदा र दिदा सहमति पत्रमा हस्ताक्षर गर्दा यस्तो ठगीबाट बच्न सकिन्छ । कोठा भाडामा लिने र दिने बारेको नियम, अधिकार, जिम्मेवारी बारे न्यु साउथ वेल्स सरकारको फेयर ट्रेडिङको वेवसाइटमा पढ्नुहोस् ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ