Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआक्रामक बन्दै फेयरवर्क अम्बुडस्म्यान, भिक्टोरियाका ३० बढी कृषि फार्ममा अनुगमन !

आक्रामक बन्दै फेयरवर्क अम्बुडस्म्यान, भिक्टोरियाका ३० बढी कृषि फार्ममा अनुगमन !


ब्रिजबेन । अष्ट्रेलियाको श्रम बजारलाई व्यवस्थित गर्ने अभियानलाई फेयरवर्क अम्बुडस्म्यानले तिब्रता दिएको छ । फेयरवर्क इन्स्पेक्टरहरुले उत्तरपश्चिम भिक्टोरियामा रहेका कृषि व्यवसायहरूमा अकस्मात अनुगमन गरेर श्रमिकमाथी हुनसक्ने ठगीमा सचेत गराएको हो ।

कामदारहरूले सही पारिश्रमिक पाएका छन् वा छैनन, रोजगारदाताहरु श्रम ऐन लगायतका प्रचलित कानुन कार्यान्वयनमा गम्भिर छन वा छैनन भन्ने जानकारि लिन र दोषीमाथी कारबाही गराउन फेयरवर्क अम्बुडस्म्यानले देशभर आफ्नो सक्रियता बढाएको छ । दुई हप्ता लगाएर फेयर वर्क इन्स्पेक्टरहरूले सनरेशिया क्षेत्रका फार्महरू र श्रमिक भाडामा लिने कम्पनीहरूलाई लक्षित गरेर अनुगमन गरेको बताइएको छ । मिल्डुरा, इरिम्पल, कोलिगनन, रेड क्लिफहरू र रोबिनभेललगायत विभिन्न स्थानका करिब ३० व्यवसायहरूको निरीक्षण गरिएको भएपनि अनुगमनको पूर्ण रिपोर्ट सार्वजनिक गरिएको छैन । कृषि क्षेत्रका कर्मचारीहरूलाई गरिएको भुक्तानी र विभिन्न स्रोतहरूबाट आएको बेनामे उजूरीका आधारमा निरीक्षकहरु बादाम, एभोगाडो, सिट्रस फलफूल, लसुन, अंगूर, च्याउ लगायतका उत्पादन हुने फार्ममा पुगेको बताइएको छ ।

कार्यवाहक फेयर वर्क ओम्बड्सम्यान माइकल क्याम्पबेलले सबै क्षेत्रका श्रमिकमाथी ठगी नहोस र कानुन कार्यान्वयनमा व्यवसायी सचेत बनुन भन्ने उद्देश्यले अनुगमन गरिएको बताउनुभएको छ । फेयर वर्क ओम्बड्सम्यानले तलब वा सेवा सुविधामा ठगिएको भएमा उजूरी दिएर आफ्नो भुक्तानी लिन आग्रह गर्दैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ