Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा नेपाली विद्यार्थीलाई ब्लड क्यान्सर, बोन म्यारो फेर्न सहयोग संकलन

अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई ब्लड क्यान्सर, बोन म्यारो फेर्न सहयोग संकलन

अष्ट्रेलिया मै फेरिदै बोनम्यारो


ब्रिजवेन/अष्ट्रेलियामा अध्ययनरत २२ वर्षिय नेपाली विद्यार्थीलाइ ब्लड क्यान्सर भएको छ । एक्युट मेलोइड ल्युकेमिया नामक रोग लागेका प्रसन्न श्रेष्ठ यतिबेला जीवन र मरणको लडाई लडिरहेका छन् ।
सिड्नीमा आइटीमा ब्याचलर गरिरहेका प्रसन्नलाई गत मार्च २ तारिखमा यो रोग लागेको पत्ता लागेको हो । त्यसपछि निरन्तर किमो थेरापी गराइरहेका प्रसन्नले काम समेत गर्न सकेका छैनन् । बिमाले सबै उपचार खर्च नदिने, काम गर्न पनि नसकेपछि यतिबेला प्रसन्न चरम आर्थिक अभावमा समेत गुज्रिएका छन् ।

प्रसन्नको ब्रिजवेनस्थित ओयस्ली मिसन अस्पतालमा जुलाई पहिलो हप्तादेखि बोनम्यारो प्रत्यारोपणको प्रकृया सुरु हुने तय भएको छ । प्रसन्नलाई ब्योनम्यारो दिनका लागि उनको आमा २ महिनाअघि नै आइसक्नु भएको छ । आमालाई ल्याउने खर्च तथा बोनम्यारोको परिक्षण र म्याच गर्ने प्रकृयाका लागि मात्र ३० हजार डलरभन्दा बढी खर्च हुने प्रसन्नले जानकारी दिए । आमाको बिमा नभएकाले त्यो सबै पैसा आफैले जोहो गर्न निकै समस्या परेको प्रसन्नको गुनासो छ । प्रसन्नलाई सहयोग गर्न यहाँ थिच्नुहोस्

बोनम्यारो प्रत्यारोपणका लागि ढेड लाख डलर खर्च हुने बताइएको छ । जसमध्ये २० प्रतिशत मात्र बिमाले व्यहोर्ने जानकारी पाएको प्रसन्नलाई बाकी पैसा झण्डै १ लाख भन्दा बढी डलर कहाँबाट ल्याउने भन्ने चिन्ताले सताउन थालेको छ । नेपालट्युबसंग कुरा गर्दै प्रसन्नले किर्तिपुरमा परिवारको सानो पसल रहेको र आमा यता आएपछि त्यो पनि बन्द गर्न परेकाले आर्थिक समस्या थप जटिल बनेको बताए । बाबु रोगी त्यसमाथी कमाउनुपर्ने आफु एक्लो छोरा पनि बिरामी भएर थलिएपछि परिवारमा निकै तनाब थपिएको प्रसन्नले बताए ।

प्रसन्नको उपचारमा खर्च जोह गर्न गोफण्डमिबाट सहयोग संकलन सुरु भएको छ । प्रसन्न र उनका साथी अस्मिता कार्कीले संयुक्त रुपमा सुरु गरेको एकान्टमा हालसम्म १२ सय जनाले ४१ हजार डलर सहयोग गरिसकेका छन् । सबै सहयोगीहरु प्रति आफु निकै कृतज्ञ रहेको भन्दै प्रसन्नले कम्तिमा पनि एक लाख डलर संकलन भए उपचार सहज हुने बताए । आफ्नो ज्यान बचाउन सहयोग गरिदिन प्रसन्नले सबैलाई अनुरोध गरेका छन् । ”मलाई बचाइदिनुस्”- प्रसन्नले भने -”म बाचेर बाकी रहेको जीवन समाजका लागि योगदान गर्नेछु ।” प्रसन्नलाई सहयोग गर्न यहाँ थिच्नुहोस्



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ