Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभोली अष्ट्रेलियाबाट रकेट उडाइदै, दक्षिणी गोलार्धबाट देखिने तारा अध्ययनमा महत्वपुर्ण कमद

भोली अष्ट्रेलियाबाट रकेट उडाइदै, दक्षिणी गोलार्धबाट देखिने तारा अध्ययनमा महत्वपुर्ण कमद


डार्बिन/अमेरिकी स्पेस एजेन्सी नासाले भोलीदेखि अष्ट्रेलियाबाट ३ वटा रकेट उडाउने भएको छ । नासाले जारी गरेको विज्ञप्ती अनुसार एक्सक्युसि नामक रकेट भोली जुन २६ तारिखमा उडाइने भएको छ । त्यस्तै सिस्टाइन नामक रकेटजुलाई ४ र ड्युस रकेट जुलाई १२ तारिखमा उडाइने नासाले जनाएको छ ।

अष्ट्रेलियाको नर्दन टेरिटोरी राज्यमा रहेको अर्नेम स्पेस सेन्टरबाट ती रकेटहरु उडाइन लागेको हो । जसका लागि नासाका वैज्ञानिकहरु अष्ट्रेलिया आइसकेका छन् । यी रकेटहरुले दक्षिणी गोलार्धबाट मात्र देख्न सकिने सौर्य मण्डलका ताराहरु र अन्य ग्रह तथा यसका भौतिक अवस्थाहरुका बारेमा अध्ययन गर्न सघाउने बताइएको छ ।
नासाले २५ वर्ष पछि अष्ट्रेलियाबाट रकेट प्रत्येक्षपण गर्न लागेको हो । यसअघि प्रधानमन्त्री एन्थोनी एल्बानिजीले डार्बिन पुगेर रकेट प्रत्येक्षपणका बारे घोषणा गर्नुभएको थियो । संचारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री एल्बानिजीले यी रकेटहरु पृथ्वीबाट २ सय ५० किलोमिटर उत्तरी आकासमा गएर सुर्यको भौतिक अवस्था र यसले पृथ्वीमा पारेको प्रभाव बारे सुचनाहरु संकलन गर्ने बताउनुभयो ।


ट्याग : #Nasa, #Rocket launch from Australia
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ