Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाव्यापी नेपाली टेनिस प्रतियोगिता ब्रिजवेनमा सम्पन्न, मेलबर्न भयो हाबी

अष्ट्रेलियाव्यापी नेपाली टेनिस प्रतियोगिता ब्रिजवेनमा सम्पन्न, मेलबर्न भयो हाबी


ब्रिजवेन/ अष्ट्रेलियाव्यापी टेनिस प्रतियोगितामा ग्रेड एको म्यान्स सिंगलतर्फको खेलको उपाधी सिड्नी का १४ वर्षिय जेड आलेमगरले चुमेका छन् । उनले फाइनलमा ब्रिजवेनका १७ वर्षिय विश्वप विष्टलाई हराएका हुन् । ग्रेड एकै म्यान्स डबल तर्फको उपाधी ब्रिजवेनका अनुप गुरुङ र विश्वप विष्टले उचालेका छन् भने ब्रिजवेनकै म्याक विष्ट र सुनिल केसीको जोडीले दोस्रोमै चित्त बुझाएका छन् । अन्य उपाधीका लागि भएको प्रतिष्प्रर्धामा भने मेलवर्न हाबी देखिएको छ । ग्रेड बिएको म्यान्स् सिंगल, म्यान्स डबल र ४५ वर्ष माथिका सिनियर तर्फको म्यान्स सिंगल र डबल दुबैको उपाधी भिक्टोरियाको पोल्टामा परेका छ भने, ग्रेड सितर्फको म्यान्स सिंगलको उपाधीमा समेत मेलबर्नले नै झण्डा गाडेको छ ।

ग्रेड बितर्फको म्यान्स सिंगल विधामा मेलबर्नका रितेश बास्तोलाले बाजी मार्दा ब्रिजवेनका सुरेश सिलवाल दोस्रो स्थानमा रोकिएका छन् । त्यस्तै म्यान्स डबल बिधामा रितेश र शंकर अर्यालको जोडी अब्बल बनेको छ भने भिक्टोरियाकै केशव खत्री र नगेन्द्र बोहोराको जोडीले दोस्रो स्थान हासिल गरेका छन् ।

सिनियर ४५ वर्ष माथीको बिधाको म्यान्स सिंगलमा भिक्टोरियाकै राजेन्द्र कार्की पहिलो र टप आले दोस्रो भएका छन् । त्यस्तै म्यान्स डलबमा भिक्टोरियाकै राजेन्द्र र टपको जोडीले बाजी मारेका छन् भने सिड्नीका विष्णु हमाल र गंगा आलेमगरको जोडीले दोस्रो स्थानमै चित्त बुझाउनु परेको छ ।

उपाधी जितेपछि फोटो खिचाउदै जुनियर टिमका खेलाडीहरु

ग्रेड सि तर्फको म्यान्स सिंगलको उपाधी मेलवर्नका ओम प्रसाद पौडेलको पोल्टामा पुगेको छ भने ब्रिजवेनका अभिनास श्रेष्ठले दोस्रो स्थान हासिल गरेका छन् । त्यस्तै सोही बिधाको म्यान्स डबलतर्फ ब्रिजवेनका अभिनास र सुरेश खड्काको जोडी च्याम्पियन बनेका छन् भने भिक्टोरियाका विष्णु पैयानी र रेशम अधिकारी रनरअप बन्न सफल भएका छन् । जुनियर तर्फको खेलमा भने सबै खेलाडी कुइन्सल्याण्डकै थिए । बिजेता खेलाडीले नगद र रनिङ शिल्ड प्राप्त गरेका छन् । लगातार ३ वर्षसम्म एउटै खेलाडीले उपाधी जितेमा रनिङ शिल्ड सधैका लागि राख्न पाउने समेत आयोजकले जनाएको छ ।

नेपलिज अष्ट्रेलियन टेनिस क्लबले हरेक वर्ष राष्ट्रव्यापी प्रतियोगिताको आयोजना गर्छ । यो वर्ष क्लबले दोस्रो पटक प्रतियोगिता आयोजना गरेको हो । यस वर्ष न्यु साउथ वेल्स, भिक्टोरिया, कुइन्सल्याण्ड र नर्दन टेरिटोरीका ४५ जना खेलाडीहरु सहभागी भएको आयोजकले जनाएको छ । क्लबका म्याक विष्टले नेपाली टेनिस खेलाडीबिच सामाजिक सम्बन्ध बिकास गर्न तथा शारिरीक स्वास्थ्य कायम राख्न तथा नयाँ पुस्तालाई खेलमा आकर्षित गर्न प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । अबको ५ वर्ष भित्रमा जुनियर टिमलाई अन्तराष्ट्रिय स्तरमा टेनिस खेल्नका लागि योग्य बनाउने विष्टको भनाई छ ।


ट्याग : #Australia, #brisbane, #NATC, #Sports, #tennis
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ