Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepal५० हजार मत कटाए बालेन्द्र साहले, अब ३७ हजार ७ सय मत गन्न बाँकी !

५० हजार मत कटाए बालेन्द्र साहले, अब ३७ हजार ७ सय मत गन्न बाँकी !


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन) जित नजिक छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याउँदा दोस्रो स्थानमा रहेर कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७ सय ६७ मतसहित पछ्याएकी छिन् । त्यस्तै नेकपा एमालेका केशव स्थापित ३० हजार १५ मतसहित तेस्रो स्थानमा छन् ।

मतगणनाको सुरुदेखि नै अग्रता बनाएका बालेनले दोश्रो बन्नुपरेको छैन । बरु मतान्तर बढाउँदै लगेका छन् । सिंहभन्दा १९ हजार २ सय ६३ मतले अगाडि रहेका बालेन अहिले स्थापितभन्दा २० हजार १५ मतले अगाडि छन् । काठमाडौंमा १ लाख ९१ हजार ५५ मत खसेको छ। अहिलेसम्म करिब १ लाख ५३ हजार मत गणना हुँदा अब ३७ हजार ७ सयजति मत गन्न बाँकी रहेको मतगणना अधिकृतले बताएका छन् ।

अहिले वडा नम्बर १३, १४, १५, १६, १८, १९, २० र २१ को मत गणना जारी छ भने वडा नम्बर १७ को मतगणना सुरु नै गरिएको छैन । अन्य वडामा भने मतगणना सम्पन्न भइसकेको छ । यी वडाहरुमा नेपाली कांग्रेस र एमालेले मिश्रित नतिजा ल्याएका छन् । एकिकृत समाजवादी, माओवादी केन्द्र, राप्रपा लगायतका दलको उपस्थिति काठमाडौं महानगरमा निकै कमजोर देखिएको छ ।


ट्याग : #balendra, #kathmandu, #एमाले, #कांग्रेस, #काठमाडौं महानगरपालिका, #केशव स्थापित, #वालेन्द्र साह (बालेन), #सिर्जना सिंह, #स्वतन्त्र
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ