Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा सरसफाईबारे पढाइ सुरु, वरिष्ठ पत्रकार देखि कलेजका प्रिन्सिपलसम्म विद्यार्थी !

नेपालमा सरसफाईबारे पढाइ सुरु, वरिष्ठ पत्रकार देखि कलेजका प्रिन्सिपलसम्म विद्यार्थी !


काठमाडौं । नेपालमा सरसफाई सम्बन्धि औपचारिक पढाइ सुरु भएको छ । शुक्रबार काठमाडौंमा एक समारोहकाबीच बलिउड कलाकार मनिषा कोइरालाले सरसफाई सम्बन्धि पहिलो औपचारिक कक्षा पुरा गर्ने विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्नुभएको हो ।

गैर आवाशीय नेपाली संघका सरसफाई अभियन्ता खेम शर्मासंगको सहकार्यमा पाठ्यक्रम निर्माण गरि नेपालको गेट भोकेसनलले सुरु गरेको सरसफाई सम्बन्धि औपचारिक कक्षाका विद्यार्थीमा वरिष्ठ पत्रकार देखि क्याम्पसका प्रिन्सिपल सम्म रहनुभएको छ । पहिलो औपचारिक कक्षा ६ वर्षे अष्ट्रेलिया बसाईपछि केही समयअघि मात्रै नेपाल फर्किनुभएका वरिष्ठ पत्रकार मनऋषि धिताल, गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाई लगायत नौ जनाले लिनुभएको थियो ।

वरिष्ठ कलाकार मनिषा कोइरालाले आफुलाई सानोमा आफ्ना अविभावकले सरसफाई सम्बन्धि चेतना दिएको स्मरण गर्दै नेपालमा सरसफाई पेशालाई सम्मानसहित विस्तार गराउन सक्नुपर्ने बताउनुभयो । देश र समाजका लागि आवश्यक यो अभियानमा आफु सधै साथमा रहने कोइरालाले बताउनुभयो । काम सानो ठूलो केहि पनि नहुने दाबी गर्नुभएकी कोइरालाले सरसफाई मजदूरको योगदानले नै देशलाई सुन्दर बनाउने धारणा राख्नुभयो ।

प्रमुख प्रशिक्षक खेम शर्माले आफु नेपालमा सरसफाई सम्बन्धि क्रान्ति गर्न विगत आधा दशक देखि लागि परेको बताउनुभयो । औपचारिक रुपमा सरसफाई सम्बन्धी शिक्षा नेपालमा सुरु भएकोमा शर्माले खुशी व्यक्त गर्नुभयो । सरसफाई शिक्षा स्थापित गर्न र सफाई मजदुरको मर्यादालाइ उच्च राख्न आफू सधै कृयाशिल हुने शर्माले बताउनुभयो । वरिष्ठ पत्रकार मनऋषि धितालले आफुले विश्वविद्यालयमा पढेको नेपाली साहित्य, पत्रकारिता र राजनीति शास्त्रको डिग्री भन्दा पनि गेट भोकेसनलको दुइ हप्ते सरसफाई कोर्ष आफ्नोलागी स्मरणिय भएको बताउनुभयो । अष्ट्रृलियामा आधा दशक बस्दा पत्रकारितासँगै सफाई मजदूरका रुपमा काम गरेको र स्वोदेशमा आएर यहि पेशालाई थप सम्मानित बनाउन आफ्नो परिचय सफाई मजदूरका रुपमा स्थापित गर्न चाहेको धितालले बताउनुभयो ।

गेट कलेजका सी इ ओ खेम लकाईले पढाइ कहिले पनि नसकिने बताउदै आफुले आफ्नो कलेजका सफाई मजदूरसंगसंगै सरसफाई कोर्ष पढेको र व्यवहारमा समेत लागू गरेर अघि बढ्ने बताउनुभयो । प्रशिक्षार्थी सफाईकर्मी प्रज्वल खनालले शिक्षा र तालिमप्राप्त सफाईकर्मीले सफाई गर्दा समय बच्ने र काम पनि सजिलो र राम्रो हुने जानकारि दिनुभयो ।


ट्याग : #NRNA, #NRNA Australia, #अष्ट्रेलिया, #खेम लकाई, #गैर आवाशीय नेपाली संघ, #नेपालमा सरसफाई सम्बन्धि औपचारिक पढाइ सुरु, #वरिष्ठ कलाकार मनिषा कोइराला, #वरिष्ठ पत्रकार मनऋषि धिताल, #सरसफाई अभियन्ता खेम शर्मा
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ