Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाले नेपाललाई २ अर्ब ८० करोड सहयोग उपलब्ध गराउने, कारण यस्तो !

अष्ट्रेलियाले नेपाललाई २ अर्ब ८० करोड सहयोग उपलब्ध गराउने, कारण यस्तो !


ब्रिजबेन । अष्ट्रेलिया सरकारले नेपाललाई ३१.१ मिलियन डलर अर्थात करिब २ अर्ब ८० करोड रूपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । अष्ट्रेलियन सरकारको यस वर्षको नयाँ बजेट मार्फत नेपालसँगको द्धिपक्षीय कार्यक्रम अन्तर्गत ९.१ मिलियन डलर र प्रत्यक्ष सहायता कार्यक्रम अन्तर्गत २२ मिलियन डलर बिनियोजन गरेको हो ।

नियमित रूपमा अष्ट्रेलियाले विकासोन्मुख देशलाई दिने सहयोग नेपालको सन्दर्भमा भने गत वर्षको तुलनामा केही बढाइएको छ । अष्ट्रेलियाका अर्थमन्त्री जोस फ्रयाडनबर्गले गत साता प्रस्तुत गरेको बजेटमा नेपालले पाउने सहयोग अघिल्लो वर्षको तुलनामा १५ लाख डलरले बढाइएको छ । गत वर्ष अष्ट्रेलियाको बजेटमा नेपाललाई २०.५ मिलियन डलर सहयोग रकम छुट्टाइएको थियो । अष्ट्रेलिया र नेपालबीचको ६० वर्षभन्दा लामो द्धिपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने सन्दर्भमा नेपालको स्वास्थ्य सुरक्षा, स्थिरता, आर्थिक सुधारलगायत क्षेत्रमा दुई देश मिलेर काम गर्ने बजेटमा उल्लेख गरिएको छ । अष्ट्रेलियाले आफ्नो नयाँ बजेट अन्तर्गत यस पटक १ अर्ब १५ करोड डलर दक्षिणपूर्वी एसियामा सहयोग दिने घोषणा गरेको छ । अष्ट्रेलियाले सबैभन्दा बढी बंगलादेशलाई करिब १५ करोड डलर सहयोग दिने भएको छ भने सबैभन्दा कम माल्दिभ्सलाई २० लाख डलर दिने बजेट मार्फत घोषणा गरिएको छ ।

नेपाली कार्यबाहक राजदूत कुल बहादुर मगरले यस वर्षको बजेटमा अस्ट्रेलियन सहयोग बृद्धि हुनु निकै महत्वपूर्ण भएको बताउनुभएको छ । अष्ट्रेलियामा करिब सत्तरी हजार नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनका क्रममा रहेका छन् । खर्बौ रूपैया शिक्षामा खर्च गर्ने नेपालीको योगदानको तुलनामा यो सहयोग खासै ठूलो नभएको चर्चा पनि चलिरहेको छ । मुलुकको विकास र विस्तारमा सहयोगी हुने कयैन अवसरलाई पछयाउन सके यसले दिर्घकालीन रुपमा नेपाललाई फाइदा पुग्ने अर्थविदहरुले बताउनेगरेका छन् ।


ट्याग : #अष्ट्रेलिया, #अस्ट्रेलिया, #अस्ट्रेलियाका अर्थमन्त्री जोस फ्रयाडनबर्ग, #नेपाल
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ