Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको ओलङ्गगङ्गमा मस्तिष्कघातबाट एक नेपाली युवकको निधन, शव पठाउन सहयोग संकलन

अष्ट्रेलियाको ओलङ्गगङ्गमा मस्तिष्कघातबाट एक नेपाली युवकको निधन, शव पठाउन सहयोग संकलन


सिड्नी/अष्ट्रेलियाको नेपाली समाजका लागि पछिल्लो दुइ हप्ता निकै अशुभ बनेको छ । सिड्नी नजिकै रहेको ओलङ्गगङ्गमा मंगलबार थप एक नेपाली युवकको निधन भएको छ । घरको बाथरुममा अचानक लडेका ३६ वर्षिय बिनोद न्यौपानेको उपचारका क्रममा निधन भएको हो । चिकित्सकहरुले बिनोदलाई मतिष्कघात भएको बताएको छ । मतिष्कघातका कारण टाउकोमा अत्याधिक रक्तश्राव भएको विनोदको निधन भएको बुझिएको छ ।

दुइ हप्ताको अन्तरालमा सिड्नीमा दुइ र पर्थमा एक जना नेपालीको असामहिक निधन भएको छ । अर्की एक नेपाली विद्यँर्थी सडक दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएको छ । बिनोद तीन महिना अघि मात्रै ४९१ रिजनल भिषाका लागि सिड्नीबाट ओलङ्गगङ्ग बसाइ सर्नुभएको थियो । सन् २००८ मा अध्ययनका लागि अष्ट्रेलिया आउनु भएका बिनोदको स्थाई घर चितवन हो । निकै मिलनसार र सहयोगी बिनोद बास्केटबल खेलाडी मात्रै होइनन् की नियमित जिम गर्ने फुर्तिलो शरिर भएको व्यक्ति समेत हुनुहुन्थ्यो । हाल स्थानिय एक रेष्टुरेन्टमा सेफ काम गर्दै आउनु भएका बिनोदको असामहिक निधनले ओलङ्गगङ्ग र इलावारा क्षेत्रमा नेपाली स्तब्ध भएको स्थानिय इश्वर थापाले नेपालट्युबलाई बताउनुभयो ।

स्थानिय इलावारा समाजले बिनोदको शव नेपाल पठाउनका लागि चाजोपाजो मिलाइरहेको छ । भर्खर भर्खर नेपाली जान थालेको यस क्षेत्रमा नेपाली समाज विधिवत रुपमा दर्ता समेत भइसकेको छैन । यस्तो अवस्थामा बिनोदको शव नेपाल पठाउनका लागि सहयोग संकलन आफैमा जटिल बनिदिएको छ । स्थानिय इलावारा समाजका युवाहरुले फेसबुकमा व्यक्तिगत बैंक खाता राखेर सहयोग संकलन सुरु गरेका छन् ।

१० हजार डलर उठाएर शव पठाउन सहयोग गरिने उदेश्यले रकम संकलन थालिएकाले सकेको सहयोग गरिदिन इश्वर थापाले सबैलाई आग्रह गर्नुभयो ।
संकलित रकमको हिसाब किताब पारदर्शी ढंगले सार्वजनिक गरिने पनि थापाको भनाई छ । अष्ट्रेलियाबाट शव नेपाल पठाउन कम्तिमा पनि ८ हजार डलर खर्च हुने गर्दछ । तपाई पनि सहयोग गर्न चाहानुहुन्छ भने यो विवरण हेर्नुहोस्


ट्याग : #Australia, #binod neupane, #nepali, #sydney
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ