Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविद्यार्थी भिषावालाले अब अष्ट्रेलियामा जति घण्टा पनि काम गर्न पाइने

विद्यार्थी भिषावालाले अब अष्ट्रेलियामा जति घण्टा पनि काम गर्न पाइने


ब्रिजवेन/ कोरोनाका कारण कामदार अभाव पेचिलो बन्दै गएपछि अष्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीका लागि लगाइएको काम गर्ने समयको प्रतिबन्ध हटाएको छ । जनवरी १२ तारिखमा सरकारले गरेको निर्णय अनुसार विद्यार्थी भिषामा रहेकाहरुले अब जति घण्टा काम गरेपनि हुने भएको छ । आज पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री स्कट मोरिसनले विद्यार्थी भिषावहाक माथी लगाइएको काम गर्ने समयको प्रतिबन्ध हटाएको पुष्टी गर्नुभयो ।

‘हिजोको बैठकमै हामीले निर्णय गरिसकेका छौ’- प्रधानमन्त्री मोरिसनले भन्नुभयो- ‘विद्यार्थी भिषावालामाथी लगाएको २० घण्टे कामको प्रतिबन्ध सरकारले हटाएको छ ।’
यो निर्णय संगै अब विद्यार्थी भिषावालाले अष्ट्रेलियामा हप्ताको २० घण्टाभन्दा बढी समय काम गर्न पाउने भएको हो । यसअघि सरकारले स्वास्थ्य, एजकेयर, कृषि, सुपर मार्केट र होटल तथा रेष्टुरेन्ट क्षेत्रमा मात्र विद्यार्थीको काम गर्ने समय सिमा हटाएको थियो ।

यो निर्णयसंगै कोभिड कारण खट्किएको कामदार अभावमा केही भएपनि राहत पुग्ने देखिएको छ । त्यस्तै विद्यार्थीहरुले पनि कोरोनाको समयमा काम गरेर आफ्नो आर्थिक अवस्था सुधार्न सक्नेछन् । तर, जति काम गरेपनि हुने भयो भन्दैमा आफ्नो मुख्य उदेश्य पढाई र स्वास्थ्यलाई भने जोखिममा पार्न नहुने जानकारहरु बताउछन् ।
कोभिडको समयलाई ध्यान राखेर गरिएको यो निर्णय सधैको लागि भने होइन । अवस्था समान्य हुदै गएपछि विद्यार्थीका लागि यसअघिकै काम सम्बन्धी प्रतिबन्धहरु पुन फर्कन सक्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ