Saturday, 27 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaराजेश पायल राई घटनाबाट पाठ सिक्ने कि !

राजेश पायल राई घटनाबाट पाठ सिक्ने कि !


ब्रिजवेन/गायक राजेश पायल राईमाथी स्टेजमै चढेर दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले सार्वजनिक रुपमै माफी माग्नुभएको छ । नयाँ वर्षको कार्यक्रममा राईमाथी अमेरिकाको न्युयोर्कमा गित गाइरहेकै बखत स्टेज चढेर गायक राईलाई शेर्पाले पछाडीबाट घाटी समातेका थिए । यो भिडियो सामाजिक संजालमा सार्वजनिक भएपछि विश्वभरबाट घटनाको निन्दा भएको थियो ।

केही घण्टापछि घटना गराउने शेर्पाले किरात संस्कार अनुसार रक्सी र खादा ओडाएर राजेशसंग माफी मागेका थिए । शेर्पाले आफुबाट गल्ती भएको भन्दै आफुले धेरै डिस्टर्भ गरेको भन्दै हात जोडेर राईसंग माफी मागेका थिए । शेर्पाले आफु गायक राजेशको ठुलो फ्यान भएको समेत बताउनुभयो । गायक राईले गल्ती स्विकारे पछि माफी दिएको बताउनुभयो । माफी दिदै गायक राईले आफ्ना फ्यानहरुलाई अब उप्रान्त पासाङलाई गाली नगर्न समेत आग्रह गर्नुभएको छ ।

तर, यस घटनाले विदेशमा प्रस्तुती दिन आउने कलाकारको सुरक्षामा विशेष ध्यान दिन प्रवासमा बस्ने नेपालीलाई सन्देश दिएको छ । कोरोनाको महामारी घटेपछि नेपाली कलाकारहरु विश्वका कुनाकुनाका नेपाली माझ प्रस्तुती दिन जाने क्रम फेरी बढ्नेछ । यस्तो अवस्थामा कलाकारलाई निम्तो दिने आयोजकहरुले स्टेज, कार्यक्रम स्थल वा उनीहरु बस्ने होटल आसपासमा फ्यान वा कोही पनि नेपालीले दुव्र्येवहार गर्न सक्ने तर्फ सचेत हुनुपर्ने देखिन्छ । नेपालबाट आएका प्रतिष्ठीत कलाकारलाई विदेशी भूमिमा आफ्नै दाजुभाईले दुव्र्येवहार गर्दा प्रवासमा बस्ने नेपालीकै शिर निहुरिने अवस्था आउछ ।

त्यसैले आयोजकले राजेश पायल राईमाथी भएको पछिल्लो घटनाबाट पाठ सिकेर भविष्यमा हुनसक्ने यस्तो जोखिमलाई नियन्त्रण गर्न ध्यान दिनुपर्छ । कलाकारहरुले पनि विदेशमा प्रस्तुती दिन जादा आफ्नो स्टारडम नै बिर्सिएर मनलाग्दी गर्ने, सस्तो भईदिने, जतापायो त्यतै गइदिने जस्ता काम पनि गर्नु हुदैन । कलाकारले आफ्नो व्यक्तित्वको ख्याल गर्दै दर्शक, फ्यान र आयोजकसंग व्यवसायिक दुरी कायम गर्न सक्ने हो भने कलाकारको स्टारडम मात्रै जोगिदैन बरु यस्ता अमिलो घटनाको सिकार समेत हुनुपर्दैन ।


ट्याग : #rajesh payel rai, #usa
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ