Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाकै पहिलो नेपालीमुलकी काउन्सिलरद्वारा सपथ ग्रहण, नेपाली भेषमै सहभागी

अष्ट्रेलियाकै पहिलो नेपालीमुलकी काउन्सिलरद्वारा सपथ ग्रहण, नेपाली भेषमै सहभागी


सिड्नी/ गत डिसेम्बर ४ तारिखमा भएको न्यु साउथ वेल्स राज्यको स्थानिय निकायको चुनावमा निर्वाचित नेपालीमूलकी काउन्सिलरले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । गत निर्वाचनमा सिड्नीको क्यान्टबरी ब्याङस् टाउन सिटी काउन्सिलमा नेपालीमुलकी नर्स भद्रा वाइबा काउन्सिलर पदमा निर्वाचित हुनु भएको हो । सपथ ग्रहण कार्यक्रममा भद्रा नेपाली पोसाक तामाङ भेषभुसामा सजिएर पुग्नु भएको थियो ।

काउन्सिलका महानिर्देशक म्याथ्यु स्टेवार्डले भद्रा लगायत नवनिर्वाचित काउन्सिलरहरुलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो । सपथ ग्रहणमा पुगेका अन्य काउन्सिलर र सहभागीहरुले भद्राको पोसाकलाई निकै चाख मानेर नियालिरहेका देखिन्थे । आफ्नै भेषभुषामा सजिएर सपथ लिन पाउदा नेपाली हुनुको गर्व महसुस भएको भद्राले नेपालट्युबलाई बताउनुभयो । निर्वाचन प्रचारप्रसारको अभियान देखिनै नेपाली समुदायका लागि गौरव गर्न लायक काम गर्ने बाचा गर्नुभएका भद्राको सफलताबाट अन्य नेपालीलाई पनि यहाँको राजनीतिमा लाग्न अभिप्रेरणा मिल्न थालेको छ ।

लेभर पार्टीबाट भद्रा दोस्रो वरियताका उमेद्वार हुनुहुन्थ्यो । १५ जना काउन्सिलर पदमा भद्राको पार्टीले ९ वटा सिट जितेको छ । नेपालीमा विद्यार्थी राजनीतिमा सक्रिय भद्रा एक दशकदेखि अष्ट्रेलियाको प्रतिपक्ष दल लेभरमा समेत सक्रिय हुनुहुन्छ ।

को हुन भद्रा ?

भद्रा वाइबा पेशाले रजिष्टर्ड नर्स हुनुहुन्छ । नेपालको वीर अस्पताल र प्रसुती गृहमा झण्डै १८ वर्ष नर्सिङ सेवा गरेर सन् २००८ मा भद्रा अष्ट्रेलिया आउनुभएको हो । सिन्धुली स्थाई घर भएकी भद्राले महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको स्थापना गर्न निकै ठुलो योगदान दिनुभयो । सन् १९९१ मा प्रारम्भिक कमिटिको अध्यक्ष भएर भद्रा कै नेतृत्वमा महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्ववियु स्थापना भएको थियो ।

खासगरी अनेरास्ववियुबाट विद्यार्थी राजनीति गर्नुभएका भद्रा कानुनमा बिबिएल गरेर अधिवक्ता समेत बन्नु भएको छ । भद्रा लेभर पार्टीको पञ्चवल शाखाको सहसचिव पदमा समेत कार्यरत हुनुहुन्छ । सन् २०१३ मा पार्टी प्रवेश गरेदेखि नै भद्रामा दलभित्र बलियो उपस्थिती जनाउदै आउनुभएको छ ।

यो पनि पढ्नुहोस्

सिड्नीमा काउन्सिलर पदमा भद्रा वाइबा विजयी, रचियो इतिहास « Nepal Tube Australia

सिड्नीमा यस कारण भद्रा वाइबा काउन्सिलर बन्ने संभावना बलियो « Nepal Tube Australia


ट्याग : #bhadra waiba, #sydney
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ