Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia‘अष्ट्रेलिया डे’मा ब्रिजवेनमा नेपालीको भव्य कार्यक्रम, सरकारले दियो अनुदान

‘अष्ट्रेलिया डे’मा ब्रिजवेनमा नेपालीको भव्य कार्यक्रम, सरकारले दियो अनुदान


ब्रिजवेन/जनवरी २६ तारिखका दिन पर्ने अष्ट्रेलिया डेमा ब्रिजवेनका नेपालीले बृहत कार्यक्रम गर्ने भएको छ । यो कार्यक्रम गर्नका लागि अष्ट्रेलिया सरकारले साढे १९ हजार डलर समेत अनुदान दिएको छ । नेपलिज आर्ट, कल्चर एण्ड लिटरेचर एकेडेमी अफ अष्ट्रेलियाको पहलमा कार्यक्रमका लागि नेशनल अष्ट्रेलिया डे काउन्सिलले अनुदान दिएको हो ।

एकेडेमीका अध्यक्ष बुनु गौतमका अनुसार निकै कसरत पछि यत्ति ठुलो अनुदान मिलेको हो । नेपाली समुदायमा सरकारी अनुदान ल्याउन पहल गर्दै आएपनि सफल हुन सकिरहेको थिएन गौतमले भन्नुभयो यसपाली भने हाम्रो कडा मेहनत सफल भएको छ । एकेडेमीले ब्रिजवेनको मिल्टनस्थित फ्रियु पार्कमा अष्ट्रेलिया डेकै दिन पारेर विशेष कार्यक्रम गर्न लागेको हो । खुल्ला पार्कमा गरिने कार्यक्रममा नेपाली संस्कृतिको प्रदर्शन, संगित, नृत्य र खानाको परिकार समावेश गरिने गौतमले जानकारी दिनुभयो ।

एकेडेमीले अनुदान ल्याएपनि यो कार्यक्रम सबै नेपालीको साझा कार्यक्रम भएकाले कुइन्सल्याण्डका सबै संघसंस्थालाई सहभागी हुन पत्राचार गरिने गौतमको भनाई छ । पहिलो चरणमा डिसेम्बर २३ बिहिबार जुम मार्फत समुदायका प्रतिनिधीहरुसंग कार्यक्रमको खाका बारे छलफल गर्न लागिएको समेत अध्यक्ष गौतमले नेपालट्युबलाई जानकारी दिनुभयो । सबैको सुझाव र प्रतिक्रिया लिएर कार्यक्रमलाई थप अर्थपुर्ण र रोचक बनाइने गौतमको भनाई छ ।

कार्यक्रममा अन्य बहुसांस्कृति समुदायका मानिसहरुलाई पनि निम्तो दिइनेछ । अष्ट्रेलिया डेको दिन गरिने नेपालीको कार्यक्रमले हुर्कदै गरेको नेपाली समुदायलाई बृहत अष्ट्रेलियन समुदायसंग भिज्न सहयोग पुग्ने गौतमको भनाई छ ।


ट्याग : #Australia day 2022, #brisbane, #Nepali in Brsibane
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ