Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकामदारमाथी ठगी गर्ने सिड्नीको एक क्याफेलाई ४० हजार जरिवाना !

कामदारमाथी ठगी गर्ने सिड्नीको एक क्याफेलाई ४० हजार जरिवाना !


ब्रिजबेन । सिड्नीमा सञ्चालित एउटा क्याफेलाई अदालतले जरिवाना तिराएको छ । फेयरवर्क अम्बुडस्म्यानले दर्ता गरेको मुद्दामा सुनुवाइ गर्दै संघिय सर्किट अदालतले क्याफेविरुद्ध ४० हजार ४०० डलर जरिवानाको सजाय सुनाएको हो ।

वेटर लगायतका कारमारमाथी कानुन अनुसारको ज्याला र सुविधा नदिइएको पाईएसँगै क्याफेले उक्त जरिवाना तिरेको बताइएको छ । कामदारलाई न्यूनतम पारिश्रमिक दिइएको, सेवा सुविधामा ठगिएको गुनासोपछि अनुसन्धान अघि बढाइएको थियो । फेयर वर्क अम्बुडस्म्यान इन्सपेक्टरले अनुसन्धानसँगै कानुनी कारबाही सुरु गरेपछि कम्पनीले कामदारलाई पूरा तलव सुविधा दिएपनि जरिवानाको कारबाही भोग्नुपरेको छ । कार्यवाहक फेयर वर्क अम्बुड्सम्यान माइकल क्याम्पबेलले कानुन र श्रम ऐनको व्यवस्था कार्यान्वयन नगर्ने, तलब लगायतका सेवा सुविधा नदिने जो कोहीले पनि दण्डित हुनुपर्ने बताउनुभएको छ । कानुन अनुसारको सेवा सुविधा नपाएमा कानुनी अधिकारको खोजी गर्न समेत उहाँले सुझाब दिनुभएको छ ।

फास्ट फूड, रेस्टुरेन्ट र क्याफे सञ्चालकसँगै कामदारलाई समेत कानुनी अधिकार बारे सचेत हुन फेयरवर्क अम्बुडस्म्यानले आग्रह गरेको छ । कुनै समस्या परेमा निशुल्क परामर्श र सहयोगका लागि फेयरवर्कमा सम्पर्क गर्नुहोला ।

Employers and employees can visit www.fairwork.gov.auor call the Fair Work Infoline on 13 13 94 for free advice and assistance about their rights and obligations in the workplace. An interpreter service is available on 13 14 50. Small businesses can find targeted resources at the Small Business Showcase.


ट्याग : #café in Sydney, #Fair Work Ombudsman
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ