Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा टोयाटाको २ लाख ६० हजार गाडीमा खराबी देखिएको अदालतको फैसला, हालसम्मकै धेरै क्षतिपुर्ति !

अष्ट्रेलियामा टोयाटाको २ लाख ६० हजार गाडीमा खराबी देखिएको अदालतको फैसला, हालसम्मकै धेरै क्षतिपुर्ति !


ब्रिजवेन/विश्व प्रसिद्ध कार कम्पनी टोयाटाले अष्ट्रेलियामा बेचेको २ लाख ६० हजार कारमा खराबी देखिएको छ । संघिय अदालतले सन् २०१५ को अक्टोबर १ देखि २०२० अप्रिल २३ को बिचमा बिक्रि भएका हाइलक्स, प्राडो र फोच्युनर गाडीमा डिजेल पार्टिकुलेट फिल्टर डिपिएफमा खराबी देखिएको निर्णय सुनाएको हो । उपभोक्ताका तर्फबाट बहस गरेका अधिवक्ताहरुले फिल्टरको खराबीले ती गाडीमा इन्धन खपत बढेको, गन्ध आउने धुवा फालेको तथा इन्जिनमा समेत समस्या देखिने क्रम बढेको दाबी पेश गरेका थिए । अदालतले आफ्नो निर्णयमा उक्त खराबीका कारण ती कारहरुको मुल्यमा साढे १७ प्रतिशतसम्म कमी आएको जनाएको छ ।

उपभोक्ताले कम्तिमा १० हजार डलर क्षतिपुर्ति पाउनेछन् । यदि ती सबै गाडीवालाले क्षतिपुर्ति दाबी गरेमा टोयोटाले साढे २ बिलियन डलरभन्दा बढी क्षतिपुर्ति दिनुपर्नेछ । खराबी देखिएका सबै कारका ग्राहकले क्षतिपुर्ति दाबी गरेमा टोयटाले तिर्ने क्षतिपुर्ति अष्ट्रेलियाको इतिहासमै सबैभन्दा धेरै हुनेछ । तर, टोयटाले संघिय अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने जनाएको छ । एबिसिले जनाए अनुसार टोयोटाले फिल्टरको समस्या आएका गाडीहरुको निरन्तर निशुल्क मर्मत गरिदिने समेत जनाएको छ ।

उक्त समयमा यी गाडी किनेका उपभोक्ताले जुन २० तारिख सोमबारदेखि क्षतिपुर्तिका लागि आवेदन दिन सक्नेछन् । सोमबारदेखि नै अदालतले खराबी देखिएका टोयटाका गाडी किनेका उपभोक्तलाई इमेल, टेक्स्ट र हुलाकबाट सुचना पठाउने जनाएको छ । त्यस्ता चिठ्ठी पाएका उपभोक्ताले यो लिंकमा गएर क्षतिपुर्तिको दाबी गर्नुपर्ने छ । तर, पुनरावेदनको फैसला नहुन्जेल पैसा भने पाइनेछैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ