Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेनमा सुरु भयो नाइस टि २० कप

ब्रिजवेनमा सुरु भयो नाइस टि २० कप


ब्रिजवेन, कुइन्सल्याण्डको ब्रिजवेनमा आजदेखि नाइस टि २० क्रिकेट कप सुरु भएको छ । ब्रिजवेनको इप्सविचको खेल मैदानमा आज बिहान नोभा नेपलिज क्लब टोअम्बा र एक्सपर्ट नेपलिज क्रिकेट क्लब ब्रिजेवनबिच खेल भएको थियो । बिहान नै भएको दोस्रो खेलमा हिमालयन टाइगर्स र रोयल गोरखा क्रिकेट क्लबबिच खेल भएको थियो ।

आजै हुने मध्यान्हपछिको दुइ खेलमा ब्रिजेवन युनाइटेड र सफायर नेपलिज स्ट्राइकर क्लबबिच प्रतिष्प्रर्धा हुने भएको छ । त्यस्तै मध्यान्हको अर्को खेलमा भने नेपलिज क्रिकेट क्लब सनसाइनकोष्ट र नेपलिज राइनो क्रिकेट क्लबबिच भिडन्त हुने आयोजकले जानकारी दिएको छ ।

५ महिनासम्म जारी रहने खेलमा ब्रिजवेन, टोअम्बा र सनसाइनकोष्टका ९ वटा नेपाली क्रिकेट क्लबबिच प्रतिष्प्रर्धा हुने छ । कपको आयोजना कुइन्सल्याण्ड नेपलिज क्रिकेट एशोसियसन क्युएनसिएले गरेको हो । क्युएनसिएले आयोजना गरेको यो चौथो कप हो । पछिल्लो दुइ वटा कपको मुख्य प्रायोजकमा ब्रिजवेनको नाइस होम्स र नाइस होम लोनले गर्दै आएको छ । यसपाली कप अवधीभर ४० वटा खेल हुने क्युएनसिएका अध्यक्ष नारायण कोइरालाले जानकारी दिनुभयो । हरेक १५ दिनमा खेलको आयोजना हुनेछ । कपको विजेता टिमले ४ हजार डलर र उप बिजेताले २ हजार डलर नगद पुरस्कार पाउनेछन् । त्यस्तै म्यान अफ द सिरिजले ८ सय डलर समेत पाउनेछन् । खेलको माध्यमबाट नेपाली युवाबिच भाइचार अभिबृद्धी गर्न कपको आयोजना गरेको कोइरालाले बताउनुभयो । यसपाली कपमा १५० जनाले खेलाडी सहभागी हुदैछन् । जसमध्ये अधिकांश विद्यार्थी छन् ।Photo- File


ट्याग : #brisbane, #Nepali Cricket, #qncc
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ