Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaडेढ महिना अघि सिड्नी गएका नेपाली विद्यार्थी आफ्नै घरमा मृत भेटिए

डेढ महिना अघि सिड्नी गएका नेपाली विद्यार्थी आफ्नै घरमा मृत भेटिए


सिड्नी, डेढ महिना अघि मात्रै उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएका एक नेपाली विद्यार्थीको दुखद निधन भएको छ । सिड्नीको अर्वनमा बस्दै आएका विद्यार्थी सुजन बस्नेत आफ्नै कोठामा मृत भेटिएको एनआरएनए न्यु साउथ वेल्सका संयोजक देव गुरुङले जानकारी दिनुभयो । एनआरएनएको स्टुडेण्ट एडभाइजरी  काउन्सिलका अनुसार काठमाडौ गल्फुटारका बासिन्दा बस्नेत ६ सात हप्ता अघि मात्रै सिड्नी आएका हुन ।

भर्खरै अष्ट्रेलिया गएका सुजनको निधनले परिवारमा गहिरो चोट पुगेको भन्दै काउन्सिलले यो दुखको घडीमा साथ दिन चन्दा संकलन सुुरु गरेको छ । एनआरएनए न्युसाउथ वेल्सका संयोजक देव गुरुङले सुजनको शव नेपाल पठाउनका लागि गो फन्ड मिबाट चन्दा संकलन गरिएको बताउनुभयो । नेपालट्युुबसंग कुरा गर्दै गुरुङले १० हजार डलर उठाएपछि गोफन्डमिको एकान्ट बन्द गरिने जानकारी दिनुुभयो । केही दिनमा नै अन्तिम संस्कारका लागि शव नेपाल पुग्ने बताइएको छ । सहयोगका लागि लिक यहाँ छ 

अष्ट्रेलियामा पछिल्लो ३ महिनामा सिड्नीमा एक र पर्थमा १ गरि दुइ जना विद्यार्थी यसै गरि आफ्नै कोठमा मृत भेटिएको छ ।
बढ्दो मानसिक तनावलाई व्यवस्थापन गर्न नसक्दा नेपाली समाजमा यस्तो दुखद घटना बढ्न थालेको छ । हामी मानसिक विचलन बारे खुलेर कुरा गर्न हिच्किचाउने कारण पनि समस्या झन बल्झिएको छ । त्यसैले यदि तपाई पनि मानसिक रुपमा विचलित भइरहनु भएको छ भने कृपया सहयोग माग्नुहोस् ।

अष्ट्रेलियामा काउन्सेलिङका लागि २४ सै घण्टा फोन सेवा उपलब्ध छ । आफु पढ्ने कलेज र विश्वविद्यालयबाहेक लाइफ लाइने, बिओण्ड द ब्लु जस्ता संगठनले २४ सै घण्टा फोनबाट सेवा दिन्छ । कल गरेर सेवा लिनुहोला ।

Lifeline – 13 11 14

Provides 24/7 crisis support and suicide prevention services.

beyondblue – 1300 224 636

Provides information and support to help everyone in Australia achieve their best possible mental health, whatever their age and wherever they live.

Carers Australia – 1800 242 636

Short-term counselling and emotional and psychological support services for carers and their families in each state and territory.

Kids Helpline – 1800 551 800

A free, private and confidential, telephone and online counselling service specifically for young people aged between 5 and 25.

MensLine Australia – 1300 789 978

A telephone and online support, information and referral service, helping men to deal with relationship problems in a practical and effective way.


ट्याग : #Nepali Student in Australia
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ