Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोनाका तीन प्रकारका भेरियन्ट, सचेत बन्न सरकारको अपिल

नेपालमा कोरोनाका तीन प्रकारका भेरियन्ट, सचेत बन्न सरकारको अपिल


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा तीन किसमको कोरोना भाइरसको ‘भेरियन्ट’ फेला परेको भन्दै सचेत गराएको छ । मन्त्रालयले मंगलबार नयाँ भेरियन्ट पत्ता लगेको सम्बन्धमा अपिल जारी गर्दै नेपालमा तीन किसिमका भेरियन्ट रहेको र नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको जानकारी गराएको हो ।

देशका विभिन्न भागबाट गत हप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा ‘जिन स्क्विन्सिग’ गरिएकोमा ९७ प्रतिशतमा बी.१.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा बी.१६१७.१ पुष्टि भएको र नयाँ भेरियन्ट विगतको भन्दा घातक पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेर सबैलाई सचेत गराएको थियो ।
यस्तो छ मन्त्रालयद्वारा जारी अपिल :

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ